कान्द्रा नदीमा तटबन्ध निर्माण
शुक्रबार, ०८ चैत २०८१, १० : ४९

कैलाली । वर्षायाममा कान्द्रा नदीले बर्सेनि सयौँ हेक्टर जमिन कटान गरेपछि रु पाँच करोडको लागतमा प्रारम्भ भएको तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ ।
जिल्ला जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार नदी किनारका विभिन्न खण्डमा ८३० मिटर तटबन्ध र पाँच वटा स्पर निर्माण अन्तिम चरणमा पुगेको हो ।
भजनी नगरपालिका–९ काँडामा २१६, वडा नं ४ धनौरामा २१६ र वडा नं ४ धनौरामा २१६ मिटर तटबन्धको काम अन्तिम चरणमा पुगेको उक्त कार्यालयका सूचना अधिकारी टेकराज विनाडीले बताए ।
यसैगरी, गौरीगङ्गा नगरपालिका–९ मा १२२ मिटर, घोडाघोडी नगरपालिका–११ को सिसैयामा ६० मिटर तटबन्धको काम सम्पन्न भएको छ । सो वडाको वडा नं ११ मा तीन र १२ मा दुई गरी पाँच वटा स्पर निर्माण सम्पन्न भएको छ । तटबन्धनपछि उर्बर भूमि संरक्षाण हुनका साथै नदी किनाराका बस्ती जोखिमयुक्त हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस स्थानीय तहका प्रमुख/उपप्रमुखको एकै स्वरः शिक्षा विधेयक चालु अधिवेशनबाटै ल्याउनुपर्छ
-
आन्दोलन फिर्ता लिन शिक्षकहरूलाई शिक्षामन्त्रीको आग्रह
-
सर्लाहीको गेस्ट हाउसमा भारतीय महिला मृत फेला, सुसाइड नोट भेटियो
-
अनलाइन जुवा र क्रिप्टोकरेन्सीमा झण्डै तीन अर्ब कारोबार, ११ भारतीय काठमाडौँबाट पक्राउ
-
बूढानीलकण्ठ फाइट नाइट हुने
-
गाजाबाट दक्षिणी इजरायलमा दुई वटा रकेट प्रहार