जर्मनीले दमास्कसमा पुनः दूतावास खोल्यो

काठमाडौँ । जर्मनीले दमास्कसमा आफ्नो दूतावास पुनः खोलेको छ । जर्मन विदेशमन्त्री अन्नालेना बेरबकको भ्रमणसँगै १३ वर्षयता बन्द रहेको दूतावास पुनः खोलिएको हो । डिसेम्बर २०२४ मा पूर्व राष्ट्रपति बसर अल–असदको सरकारको पतनपछि बेरबकको सिरियाको दोस्रो भ्रमणमा कूटनीतिक मिसन खोलिएको थियो ।
जर्मन मिडियाले बेरबकलाई उद्धृत गर्दै पुनः खोलिएको दुतावासमा थोरै संख्यामा कुटनीतिज्ञहरु रहने बताएको छ । आफ्नो भ्रमणको क्रममा बेरबकले सिरियाली नेता अहमद अल–शारा, विदेश मामिला प्रमुख असद अल–शैबानी र सिरियाली नागरिक समाजका प्रतिनिधिहरूसँग उच्चस्तरीय बैठकहरू गरे ।
बेरबकले देशको गृहयुद्धको मार खेप्ने जिल्ला दमास्कसको अत्यधिक क्षतिग्रस्त जोबार छिमेकको पनि भ्रमण गरेका थिए । २०१२ मा देशको गृहयुद्ध सुरु भएपछि जर्मनीले दमास्कसमा आफ्नो दूतावास बन्द गरेको थियो । इटाली र स्पेन जस्ता धेरै अन्य युरोपेली देशहरूले सिरियाली राजधानीमा आफ्नो दूतावासहरू पुनः खोलिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई घाइते
-
इरानले सिरियाली नेता असदलाई बचाउन विमान पठाएको नेतान्याहूको दाबी
-
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् सम्भावित कार्यसूची ?
-
दक्षिण क्यारोलिनामा गोलाबारी : एकको मृत्यु, ११ जना घाइते
-
आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
-
अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय