शारीरिक सम्बन्ध राख्न पत्नीले पैसा मागेपछि प्रहरीमा पुग्यो विवाद

नयाँ दिल्ली । भारतको बेंगलुरुमा एक आइटी इन्जिनियरले प्रहरी समक्ष आफ्नै पत्नीविरुद्ध उजुरी दिएका छन् ।
विवाहको तीन वर्षसम्म पनि दाम्पत्य जीवन राम्रो हुन नसकेको, पत्नीले शारीरिक सम्बन्ध राख्नका लागि पैसा मागेको, माइती पक्षसँग मिलेर आफूलाई मानसिक यातना दिएको ती युवकको आरोप छ ।
पीडित सफ्टवेयर इन्जिनियरका अनुसार १४ अगस्ट २०२२ मा उनले विवाह गरेका थिए । विवाह अघि नै आफूसँग पत्नी र उनकी आमाले पैसा माग्न थालेको उनको आरोप छ ।
आफूले सासुको खातामा ३ लाख रुपैयाँ नगद र विवाह खर्चका लागि नगद ५० हजार रुपैयाँ दिएको जिकिर गर्दै उनले विवाहपछि पनि पैसा माग्ने र उत्पीडन गर्ने काम नरोकिएको उजुरीमा उल्लेख गरेका छन् ।
पत्नीले वैवाहिक जीवनलाई स्वीकार नगरेको, शारीरिक सम्बन्ध राख्न खोज्दा आत्महत्याको धम्की दिएको र मारपिटसमेत गरेको पीडित युवकको भनाइ छ ।
पत्नीले माइतीका लागि घर किन्न आफूमाथि दबाब बढाएको पनि पीडित युवकको दाबी छ । घर किन्नका लागि ६० लाख रुपैयाँ मागेको र प्रत्येक महिना ७५ हजार रुपैयाँको किस्ता तिर्नका लागि दबाब बढाएको उनले उजुरीमा उल्लेख गरेका छन् ।
आफ्ना माग पूरा नभएसम्म शारीरिक सम्बन्ध राख्न नमानेको आरोप पनि उनले पत्नीविरुद्ध लगाएका छन् । सम्बन्ध विच्छेदका लागि प्रस्ताव राख्दा पत्नीले ४५ लाख रुपैयाँ मागेको समेत उनले उजुरीमा उल्लेख गरेका छन् ।
पत्नीकै उत्पीडनका कारण आफूले जागिर गुमाउनु परेको, ‘वर्क फ्रम होम’ का क्रममा पनि अनलाइन मिटिङ हुँदा पत्नीले नाँच्दै बाधा पुर्याएको जिकिरसहित उनले त्यसका प्रमाणका रूपमा केही भिडियोसमेत उपलब्ध गराएको बताइएको छ ।
ती युवकको उजुरीपछि प्रहरीले आरोपित महिलालाई बोलाएर बयान लिएको छ । महिलाले आफूमाथि लगाइएका आरोप अस्वीकार गरेकी छन् । आफूमाथि मारपिट तथा उत्पीडन भएको ती महिलाले बताएकी छन् । आफूलाई राम्रोसँग खान, लाउन नदिइएको भन्दै ती महिलाले यस्तो अवस्थामा बच्चा कसरी जन्माउन सकिन्छ भन्ने प्रतिप्रश्नसमेत गरेको बताइएको छ ।
प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार महिलाले पनि सम्बन्ध कायम राख्न चासो नदेखाएपछि प्रहरीले सोही अनुसार कानुनी प्रक्रिया अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासंघमा कार्यविभाजन, १३ विभाग प्रमुख तोकिए
-
श्रमिकको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न विभागको ध्यानाकर्षण
-
धनुषामा ४७७ केजी गाँजासहित ट्रक चालक पक्राउ
-
गण्डकी प्रदेशका केही जिल्लामा मेघ गर्जन र चट्याङसहित वर्षा
-
मिनी ट्रकभित्र च्यापिएर एकको मृत्यु, एकजना घाइते
-
सरुवा भएकाहरू जान नमान्दा २ सचिव मुख्यमन्त्री कार्यालयको बरण्डामा