शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय
नेपाल सुपर लिग फुटबल

झापा एफसीमा आबद्ध भए नाइजेरियन स्ट्राइकर अल्हाजी गेरो

शुक्रबार, ०८ चैत २०८१, ०९ : १२
शुक्रबार, ०८ चैत २०८१

काठमाडौँ । चर्चित फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि झापा फुटबल क्लबले विदेशी खेलाडीका रुपमा नाइजेरियका अल्हाजी गेरोलाई टोलीमा अनुबन्ध गरेको छ । 

अल्हाजी गेरो अनुभवी नाइजेरियन स्ट्राइकर हुन् । ल्हाजीको आगमनले आफ्नो टोली थप सशक्त बनेको झापा एफसीका महासचिन सुजन गौतमले जनाएका छन् । अल्हाजीले युरोपियन फुटबलको पनि लामो अनुभव बटुलेका छन् । 

अल्हाजीले स्विडेन, डेनमार्क, इरान, इन्डोनेसिया र भियतनाको शीर्ष डिभिजनको लिगमा विभिन्न क्लबबाट खेलिसकेका छन् । खासगरी, स्विडेनको पहिलो डिभिजनको लिगमा उनले लामो समय खेल्दै उत्कृष्ट प्रदर्शन गरेका छन् । 

उनले स्विडेनको क्लब ओस्टरसन्ड्स एफकेबाट खेल्दै युरोपा लिगमा समेत गोल गरिसकेको झापा एफसीले जनाएको छ । यसका अतिरिक्त, उनले नाइजेरियाको यू–२० राष्ट्रिय टोलीबाट पनि विभिन्न प्रतियोगिता खेलिसकेका छन् ।

‘अल्हाजीको अनुभव र व्यावसायिक खेल शैलीले नेपाली फुटबलमा अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पु¥याउने छ । उनको आगमनले झापा एफसीको आक्रमण लाइन अझ सशक्त हुने विश्वास लिएका छौँ,’ महासचिव सुजनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
goro2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप