शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

अक्सनमा बिक्री नभएका शार्दुल ठाकुर लखनउ सुपर जायन्ट्समा

शुक्रबार, ०८ चैत २०८१, ०९ : ०९
शुक्रबार, ०८ चैत २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि भएको मेगा अक्सनमा बिक्री नभएका एक खेलाडी लखनउ सुपर जायन्ट्समा आबद्ध भएका छन् । प्रतियोगिता सुरु हुनुभन्दा एक दिनअघि उनलाई लखनउले भित्राएको हो ।

आईपीएलको १८औँ संस्करण शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच ईडेन गार्डेन्समा खेलिने छ । भारतीय खेलाडी शार्दुल ठाकुरलाई लखनउले औपचारिक रुपमा आफ्नो टोलीमा समावेश गरेको हो । 

अलराउन्डर खेलाडी शार्दुललाई मोहसिन खानको स्थानमा टोलीमा राखिरएको क्लबले जनाएको छ । मोहसिन खान घाइते भएर प्रतियोगिताबाट बाहिरिएका हुन् । शार्दुल ठाकुरले लामो समयदेखि लखनउ सुपर जायन्ट्सकै क्याम्पमा रहेर प्रशिक्षक गर्दै आएको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् । 

मोहनिस खानले घाइते भएका कारण करिब तीन महिनादेखि कुनै पनि प्रतियोगिता खेलेका छैनन् । उनी लामो समयपछि प्रशिक्षणमा फर्किएका थिए । तर, लखनउको क्याम्पमा रहेर प्रशिक्षण गर्दा उनको चोट पुनः बल्झिएको समाचारमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप