स्वर्णलक्ष्मीसँग सम्बन्धित मुद्दाको आदेशविरुद्ध उच्च अदालत जाँदै रवि लामिछाने
शुक्रबार, ०८ चैत २०८१, ०९ : ०६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज बिहान ११ बजे पाटन उच्च अदालत जाने भएका छन् ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतले गरेको आदेशविरुद्ध पुनरावेदन निवेदन दर्ता गर्न लामिछाने आज पाटन उच्च अदालत जाने भएका हुन् ।
लामिछानेले कालीमाटीको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकमबारे भएको सुनुवाइमा आफ्नो सहमति नभएको बयान दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईई दिने विद्यार्थीले सवारी साधन नपाए काठमाडौँ महानगर प्रहरीले गन्तव्यमा पुर्याइदिने
-
तौल घटाउन ग्रिन टी पिउने सही तरिका के हो ?
-
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
जसपा नेपालले परिसङ्घ गठन गर्ने
-
पर्यटकीय गन्तव्य बन्दै कैलाश–वैकुण्ठ क्षेत्र (तस्बिरहरू)
-
कपाल झरेर हैरान हुनुहुन्छ ? यी खानेकुरा आजैदेखि खान थाल्नुहोस्