शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

इजरायली आक्रमणपछि हमासले गर्‍यो जवाफी कारबाही

शुक्रबार, ०८ चैत २०८१, ०८ : १२
शुक्रबार, ०८ चैत २०८१

तेल अभिभ । हमासले इजरायलको तेल अभिभलाई निशाना बनाएर तीनवटा रकेट प्रहार गरेको छ । इजरायलले गाजामा आफ्नो सैन्य आक्रमण पुनः सुरु गरेपछि हमासको यो पहिलो प्रतिशोधात्मक आक्रमण हो । आक्रमणको जानकारी हमास आफैँले दिएको हो । 

तर, ती तीनवटा क्षेप्यास्त्रमध्ये एउटालाई रोकेको र बाँकी क्षेप्यास्त्रहरू कोही पनि नबस्ने ठाउँमा खसेको इजरायलले बताएको छ । हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारदेखि इजरायलले पुनः युद्ध सुरु गरेयता कम्तीमा ५९१ जनाको मृत्यु भइसकेको छ । मर्नेमध्ये २०० भन्दा बढी बालबालिका भएको मन्त्रालयको भनाई छ । 

प्यालेस्टिनी क्षेत्रमा स्थलगत कारबाही सुरु गरेको इजरायली रक्षा बल (आईडीएफ)ले बिहीबार बताएको थियो । जनवरीमा इजरायल र हमासबिच युद्धविराम सुरु भएयता ठुलो मात्रामा सैन्य कारबाहीबाट केही राहत मिलेको थियो । 

तर यी आक्रमणहरू पछि अवस्था पहिलेकै जस्तो बनेको छ । हमासले अझै पनि ५९ जनालाई बन्धक बनाएकोर यीमध्ये २४ जना जीवित रहेको अनुमान इजरायलको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप