मन्त्री र कुलमानबिच जुँगाको लडाइँले निजी क्षेत्रको बिजोग

काठमाडौँ । चैत २ गतेदेखि भारतबाट १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि देशभरका औद्योगिक क्षेत्रमा लोडसेडिङ हुन थालेको छ । भारतबाट १२ घण्टा मात्रै बिजुली आयात हुँदा नेपालका मुख्य औद्योगिक क्षेत्रमा यसको असर देखिएको हो ।
पछिल्ला पाँच दिनदेखि ठुला उद्योगहरू भएका वीरगञ्ज–पथलैया र सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा १२ घण्टासम्म लोडसेडिङ सुरु भएको व्यवसायीहरूले गुनासो गरेका छन् ।
लोड व्यवस्थापनका लागि भन्दै नेपाल विद्युत् प्राधिकरणले १२ घण्टासम्म बिजुली काटेको उद्योगीहरूले बताएका छन् । जसले उद्योगको लागतसमेत बढ्नेमा उनीहरू चिन्तित हुन थालेका छन् । लोडसेडिङ बढेसँगै उद्योगको उत्पादनसमेत ५० प्रतिशतसम्म कटौती गर्न बाध्य हुनुपरेको उनीहरूले बताउन थालेका छन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आन्तरिक द्वन्द्वले अघोषित रूपमा लोडसेडिङको मार खेप्नुपरेको उनीहरूको गुनासो छ ।
पाँच दिनबाट भइरहेको लोडसेडिङले उत्पादन घटेको र लागत बढेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले बताए । अघोषित लोडसेडिङले सबै उद्योगलाई समस्या हुन थालेको उनको भनाइ छ । ‘वीरगञ्ज औद्योगिक क्षेत्रमा विद्युत्को बिजोक भइरहेको छ,’ उनले गुनासो गरे ।
घरायसी ग्राहकको लाइन नकाट्ने तर उद्योगहरूमा काट्ने कुराले व्यवसायीलाई थप चिन्तित बनाएको अध्यक्ष अग्रवालले बताए । उद्योग र निजी क्षेत्रलाई राजनीतिबाट बाहिर राख्न पनि उनले आग्रह गरे । उनले राजनीतिक विवादबाट उद्योगी मर्कामा परेकाले सरकारले तत्काल विद्युत् आपूर्ति सहज बनाउनुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष रामचन्द्र संघाईले भने ऊर्जामन्त्री र कुलमानको प्रतिस्पर्धाले लगानीकर्ता र उद्योगी किन डुब्नुपर्ने ? भन्दै प्रश्न गरे । ‘उद्योगीले के अपराध गरेका थिए र लोडसेडिङको मार खेप्नुपर्ने ?’, उनले सोधे ।
उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष सुयस प्याकुरेलले कुलमान र मन्त्री खड्काबिच जुँगाको लडाइँ चल्दा निजी क्षेत्र अप्ठेरोमा परेका बताए । ‘हामीले वर्षमा एक पटक रमाइलोका लागि गाईजात्रा हेर्न पाउने गरेका थियौँ । तर अहिले ऊर्जा मन्त्री र कुलमानका कारण दैनिक गाईजात्रा हेर्ने काम भइरहेको छ,’ उनले भने, ‘देशको विद्युत् क्षेत्रको जिम्मेवारी बोकेकाहरू मिलेर ऊर्जा संकट समाधान गर्नुपर्नेमा आफैँ झगडा गर्दा निरासा छाएको छ ।’ मोरङ औद्योगिक क्षेत्रका उद्योगको अहिले बिजोक भएको उनले बताए ।
उद्योगी व्यवसायीका समस्याप्रति सरकार जिम्मेवार नभएको उनको भनाइ थियो । उद्योगीहरूले डिजेल किनेर उद्योग चलाउनुपर्ने बाध्यता बनेको पनि उनले गुनासो गरे । मन्त्री खड्का र कुलमानको झगडाले व्यवसायीलाई सधैँ मारमा पार्न नहुने उनले सुझाव दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष रामचन्द्र संघाईले भने ऊर्जामन्त्री र कुलमानको प्रतिस्पर्धाले लगानीकर्ता र उद्योगी किन डुब्नुपर्ने ? भन्दै प्रश्न गरे । ‘उद्योगीले के अपराध गरेका थिए र लोडसेडिङको मार खेप्नुपर्ने ?’, उनले सोधे । मिटरमा उठेको रकम निरन्तर तिर्दै आएका र नियमित विद्युत्को बक्यौता नतिर्ने उद्योगले देशमा पाप गरिरहे तर्क गरे ।
मोरङ व्यापार संघका निर्वतमान अध्यक्ष नवीन रिजालको भनाइ पनि त्यस्तै छ । उनले पनि मोरङ औद्योगिक क्षेत्रका ठुला उद्योगमा १२ घण्टा लोडसेडिङ भोग्नुपरेको गुनासो गरे । उनले भने, ‘साना उद्योगमा पनि ६ घण्टा लोडसेडिङ हुँदै आएको छ । सरकारले भारतसँग कूटनीतिक पहल गरी लोडसेडिङ तत्काल हटाउनुपर्छ,’ उनले सुझाए ।
नेपाल सिमेन्ट उत्पादक संघका पूर्वअध्यक्षमा ध्रुवराज थापाले भारतबाट २० घण्टासम्म विद्युत् आयात हुँदा पनि सिमेन्ट उद्योगहरूमा ८ घण्टासम्म अघोषित लोडसेडिङ रहेको बताए । गत शनिबारदेखि १२ घण्टासम्म लोडसेडिङ भएको उनको भनाइ थियो ।
कुलमान र मन्त्रीको कुरा आफूहरूले नजान्ने र उद्योगीहरूलाई विद्युत् आवश्यक भएको उनले तर्क गरे । सरकारले भारतसँग पहल नगरेकाले पनि यस्तो समस्या आएको उनको भनाइ थियो । जिम्मेवार निकायका प्रमुखहरू विद्युत् उत्पादन बढाउनभन्दा पनि आन्तरिक विवादमा लागेकाले गैरजिम्मेवारी देखिएको रिजालले बताए ।
नेपाल सिमेन्ट उत्पादक संघका पूर्वअध्यक्षमा ध्रुवराज थापाले भारतबाट २० घण्टासम्म विद्युत् आयात हुँदा पनि सिमेन्ट उद्योगहरूमा ८ घण्टासम्म अघोषित लोडसेडिङ रहेको बताए । गत शनिबारदेखि १२ घण्टासम्म लोडसेडिङ भएको उनको भनाइ थियो ।
सिमेन्ट उद्योगमा लोडसेडिङले ठुलो प्रभाव परेको उनको चिन्ता छ । ‘सिमेन्ट उद्योगको भट्टी बन्द गर्नै मिल्दैन, चौबिसै घण्टा चलाइरहनुपर्छ,’ उनले भने, ‘यस्तो अवस्थामा विद्युत् कटौती हुँदा ठुलो क्षति हुन्छ ।’
कुलमानको तर्क – लोडसेडिङ भएकै छैन
तर प्राधिकरणका कार्यकारी निर्देशक कुलमानले लोडसेडिङ अहिले पनि नभएको र अब पनि नहुने बताइरहेका छन् । रातिको समयमा पूरै पावरप्लान्टहरू चल्ने र दिउँसो आयात भइरहेकाले कतै पनि लोडसेडिङ नहुने उनको दाबी छ । भारतबाट दिउँसो बिजुली आयात गर्न दिएकाले लोडसेडिङ नहुने उनको तर्क छ । साथै उनले लोडसेडिङ नहुनेमा ढुक्क हुन पनि आग्रह गरेका छन् ।
उनका अनुसार एक हजार मेगावाट बढीका आयोजना राति पूर्ण क्षमतामा चल्ने भएकाले पनि लोडसेडिङ हुने अवस्था छैन । ‘कुलेखानी, माथिल्लो तामाकोशी, मध्यमस्र्याङ्दी, मर्स्याङ्दी, चिलिमे, साञ्जेनजस्ता धेरै आयोजनाहरू राति चल्छन् । करिब एक हजार मेगावाटका आयोजना पिकआवरमै फुल क्यापासिटीमा चल्छन् । एक हजार प्लस रनअफ रिभर गरी १६/१७ सय मेगावाट आयोजना चल्छ । यस्तो अवस्था हुँदा लोडसेडिङको हल्लामा लाग्न हुँदैन,’ उनले प्रस्टयाए ।
प्राधिकरणका अनुसार नेपालमा पिक टाइममा करिब १८/१९ सय मेगावाट बिजुलीको माग छ ।
‘उद्योगको विद्युत् कटौती गर्नु व्यवसायीको अपमान हो’
प्राधिकरणले उद्योगहरूको विद्युत् कटौती गरेर घरायसी ग्राहकलाई लोडसेडिङ हुन नदिने तयारी गर्नु उद्योगी व्यवसायीहरूको अपमान भएको व्यवसायी रामचन्द्र संघाईले बताए । उद्योगहरूमा कहिल्यै पनि लोडसेडिङ नहटेको उनले दाबी गरे । सरकार र प्राधिकरणले घरायसी प्रयोगमा लोडसेडिङ नभए पनि उद्योगहरूमा अहिलेसम्म कायमै रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले २०७५ सालमा घरायसी ग्राहकका लागि मात्र लोडसेडिङ अन्त्य भएको बताए । उद्योगहरूमा अझै पनि निरन्तर लोडसेडिङ हुँदै आएको उनको भनाइ थियो ।
उद्योगहरूमा हरेक दिन विद्युत् कटौती भइरहेको बताएका उनले निर्यातमूलक र २४ सै घण्टा चल्ने उद्योगमा विगतदेखि नै लोडसेडिङ कायम रहेको दाबी गरे । देशको अर्थतन्त्रमा सघाइरहेका उद्योगहरूमा लोडसेडिङ हुँदा उद्योगहरूलाई असाध्यै अफ्ठ्यारो भइरहेको उनले गुनासो गरे । उनका अनुसार सानाठुला सबै उद्योगमा लोडसेडिङ भइरहेको छ ।
सरकारले २४ सै घण्टा विद्युत् नदिने हो भने उद्योगहरू फस्टाउन नसक्ने उनले बताए । प्राधिकरणले बक्यौता नतिरेका उद्योगको लाइन काट्न तयारी गर्नु व्यवसायीमाथिको अपमान भएको उनले तर्क गरे ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले २०७५ सालमा घरायसी ग्राहकका लागि मात्र लोडसेडिङ अन्त्य भएको बताए । उद्योगहरूमा अझै पनि निरन्तर लोडसेडिङ हुँदै आएको उनको भनाइ थियो ।
उनले घर र अफिसहरूमा लोडसेडिङ नभए पनि सानादेखि ठुला उद्योगमा दैनिक ६ घण्टासम्म लोडसेडिङ हुँदै आएको बताए । पछिल्लो केही दिनदेखि उद्योगहरूमा १२ घण्टा नै लोडसेडिङ भइरहेको उनको भनाइ थियो । सरकारले उद्योगको समस्या समयमै बुझ्न नसकेको मुरारकाले आरोप लगाए ।
भारतबाट विद्युत् आयात कमी भएकाले घरायसी ग्राहकलाई लोडसेडिङ हुन नदिन उद्योगको लाइन काट्ने प्राधिकरणको योजना आपत्तिजनक रहेको उनको भनाइ छ । भने, ‘प्राधिकरणका कार्यकारी निर्देशकले आफूले जे गर्दा पनि हुने हो । बक्यौता नतिर्ने उद्योगमा लाइन काट्छौँ भन्नुभएछ । हामीले टीओडी मिटरको बिल ल्याए तत्काल पैसा तिर्न तयार रहेको भन्दै आएका छौँ ।’ सरकार र प्राधिकरणबिचको विवादमा उद्योगी व्यवसायी मारमा पर्न नहुने उनको भनाइ थियो ।
सुक्खायाम सुरु भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव बढ्न थाल्छ । यस्तोमा सरकारले उद्योगहरूमा विद्युत् सहज आपूर्ति गर्न भारतसँग साँझको समयमा २३० मेगावाट बिजुली उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ ।
प्राधिकरणका अनुसार अहिले १९३५ मेगावाट आन्तरिक माग छ । यसमा एक हजार मेगावाट आन्तरिक उत्पादन हो भने भातरबाट दैनिक ८३० मेगावाट आयात भइरहेको छ । प्राधिकरणले भारतबाट चैत ३ देखि दिनको १२ घण्टा मात्रै बिजुली आयात गर्दै आएको छ ।
साँझको समयमा आयात गर्न नपाउँदा बिजुली व्यवस्थापनमा समस्या देखिएको छ । भारतले हिउँदयाममा मार्च १५ (चैत २) सम्म दिनको २० घण्टा र मार्च १६ (चैत ३) देखि जुन ३० सम्म सोलार आवर (बिहान ६ देखि साँझ ६ बजेसम्म) मा मात्रै बिजुली आयात गर्ने अनुमति दिएको थियो ।
सुक्खायाम सुरु भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव बढ्न थाल्छ । यस्तोमा सरकारले उद्योगहरूमा विद्युत् सहज आपूर्ति गर्न भारतसँग साँझको समयमा २३० मेगावाट बिजुली उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ ।
ऊर्जा मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासलाई यसबारे प्रस्ताव पठाइएको छ । उद्योगहरूमा लोडसेडिङको अवधि बढ्दै गएपछि बुधबार साँझ ६ देखि राति १० बजेसम्म बिजुली आपूर्ति गर्न भारतलाई अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपाल झरेर हैरान हुनुहुन्छ ? यी खानेकुरा आजैदेखि खान थाल्नुहोस्
-
तीस करोड लागतमा अस्पताल भवन निर्माण
-
क्यानेडेली प्रधानमन्त्री कार्नीले भने-अमेरिकासँगको पुराना सबै नाता सम्बन्ध समाप्त
-
गणतन्त्रवादीले भृकुटीमण्डपमा, राजावादीले तीनकुनेमा शक्ति प्रदर्शन गर्दै, ३५ सय प्रहरी परिचालन
-
महालक्ष्मीको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षा र हावाहुरीको सम्भावना