बेलायती प्रधानमन्त्रीले भने-युक्रेन सम्झौताको बचाउ नगरे पुटिनले बर्वाद पार्छन्

काठमाडौं । बेलायती प्रधानमन्त्री कीर स्टारर्मरले युक्रेन सम्झौताको बचाउ नगरे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बर्वाद पार्ने बताएका छन् । लण्डनमा वरिष्ठ सैन्य नेताहरुसँगको बैठकमा सहभागी भइसकेपछि उनले युक्रेनसँगको शान्ति सम्झौताको बचाउ नगरिए पुटिनले यसको गम्भीर उल्लंघन गर्ने बताएका हुन् ।
सुरक्षा व्यवस्था मजबुद भएपछि मात्रै युक्रेन र रुसबीचको लडाइ रोक्ने सम्झौता स्थायी हुने प्रधानमन्त्री स्टार्मरको भनाइ छ । लण्डनको नर्थवुड स्थायी मुख्यालयमा बोल्दै गर्दा २० बढी देशका वरिष्ठ सैन्य अधिकारीहरु सहभागी थिए ।
उनीहरु सबैले शान्ति सम्झौताको हिस्साका रुपमा मुलुकको सुरक्षा ग्यारेन्टी अमुक विषय भएकामा जोड दिए । बेलायती प्रधानमन्त्री स्टार्मरले भने, ‘सुरक्षा व्यवस्थाले रुसलाई स्पष्ट पार्ने छ, ता कि उक्त ग्यारेन्टीपछि कुनै पनि सम्झौताको उल्लंघन गर्नू उसका लागि घातक सिद्ध हुने छ । अर्थात् त्यसवापत गम्भीर परिणाम भोग्नु पर्ने छ ।’
यो बैठकले सैन्य नेतृत्वहरु सम्भावित तैनाथीको विस्तृत योजना बनाउने कार्यमा सामेल हुने निष्कर्ष निकालेको बीबीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म