शनिबार, ०९ चैत २०८१
ताजा लोकप्रिय

डा. युवराज संग्रौलामाथिको छानविन क्षेत्राधिकारभित्र नपर्ने भन्दै प्रतिवेदन

शुक्रबार, ०८ चैत २०८१, ०६ : ००
शुक्रबार, ०८ चैत २०८१

काठमाडौं ।  काठमाडौं स्कुल अफ ल (केएसएल)का संस्थापक एवं कार्यकारी निर्देशक तथा पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलामाथिको लागेको दुर्व्यवहार प्रकरणमा बनेको छानबिन समितिले यो विषय क्षेत्राधिकारभित्र नपर्ने भन्दै प्रतिवेदन बुझाएको छ।

पूर्वजिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले संग्रौलामाथि लागेको आरोपबारे छानबिन गर्न नमिल्ने भन्दै बुधबार कलेज सञ्चालक समितिलाई प्रतिवेदन बुझाएको बताइएको हो । 

संग्रौलामाथि लागेको आरोप छानबिनको विषय कानुनी रूपमा समितिको ‘क्षेत्राधिकारभित्र नपर्ने’ भएकाले छानबिन गर्न नसक्ने उल्लेख गर्दै संक्षिप्त प्रतिवेदन बुझाएको समितिका संयोजक भट्टराईले बताए । यता बुधबार मात्रै महिला सुरक्षा दवाव समूहले विज्ञप्ति जारी गरेर निष्पक्ष छानविनको माग गरेको थियो । 

कलेजको पाँचौं वर्षमा अध्ययनरत एक विद्यार्थीले कार्यकारी निर्देशक संग्रौलाले छात्राहरूलाई अपमानजनक शब्द प्रयोग गर्ने तथा  यौन दुव्र्यवहारजन्य हर्कत गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । सोही विषय छानविनका लागि कलेजले ३ सदस्यीय समिति गठन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?