१० बजे १० समाचार : गणतन्त्रको पक्षमा जाग्यो एमाले, सेयर बजारको चलखेलमा लगाम

आज मिति २०८१ साल चैत महिनाको ७ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर आएका छौँ–
१. जाग्यो एमाले
नेकपा एमालेले मुलुकमा हाल भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ ।
एमालेले चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको हो । यसैगरी तीन महिने वडा केन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गते नै देखि चैत ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम समेत आयोजना गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए ।
२. प्रधानमन्त्रीसँग प्रश्नोत्तर
प्रतिनिधि सभाको बिहीबारको बैठकमा १० जना सांस
दहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । बैठकमा सांसदहरूले देशको आर्थिक, सामाजिक, कूटनीतिक र विकाससँग सम्बन्धित विषयहरूमा केन्द्रित रहेर प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।
३. दलित परिवारलाई धाकधम्की
सिरहाको औरही गाउँपालिका–५ स्थित विष्णु महायज्ञ गर्न घर भत्काएर उठीबास लगाएको दलित (डोम) परिवारमाथि अर्को ज्यादती भएको छ ।
महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलिप यादवले जेसीबी लगाएर दिपक मरिक (डोम)को घर भत्काएर उठीबास गराएको समाचार प्रकाशित भएपछि पीडित परिवारलाई धाकधम्की दिन थालिएको छ ।
४. प्रहरीमा बढुवाको सवाल
नेपाल प्रहरीमा ६ वटा अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी रिक्त भएको छ । निवर्तमान आईजीपी वसन्त कुँवरसँगै उच्च प्रहरी अधिकृतहरू चैत ४ देखि अवकाशमा गएका हुन् ।
कुँवरसँगै एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई एकसाथ अवकाशमा गएका हुन् ।उनीहरूकै ब्याचमेट डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि सेवानिवृत्त भएका छन् ।
५. एसईई
माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ७९ केन्द्रहरूमार्फत पाँच लाख १४ हजार विद्यार्थीले परीक्षा दिन थालेका हुन् । नेपाल बाहिर जापानमा रहेको एउटा केन्द्रमार्फत आज पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
६. सेयर बजारमा चलखेल रोक्ने प्रयास
अन्तिम मिनेटमा सेयर बजारमा हुने चलखेल रोक्ने प्रणाली आजबाट लागु भएको छ । नेपाल स्टक एक्सचेञ्जले आजदेखि अन्तिम १५ मिनेटको औसत कारोबारका आधारमा अन्तिम मूल्य निर्धारण गर्ने व्यवस्था सुरु गरेको हो ।
७. स्ववियु निर्वाचन
त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । त्रिविका ३८ वटा आंगिक र करिब ३ सय सम्बन्धनप्राप्त कलेजहरूमा चैत ५ गते निर्वाचन सम्पन्न भएको थियो ।
अहिलेसम्मको नतिजाले कांग्रेसनिकट नेपाल विद्यार्थी र माओवादी निकट अखिल क्रान्तिकारी उत्साहित देखिएका छन् ।
नेकपा एमालेनिकट अनेरास्ववियुले भने निर्वाचनको समीक्षा हुनुपर्नेमा जोड दिइरहेको छ । २०७९ सालको तुलनामा यो पटक धेरै कलेजमा निर्वाचन जितिने उनीहरूको दाबी छ । अर्थात् अझै हुन बाँकी कलेजहरूमा आफूहरूले धेरै ठाउँमा जित्ने उसले दाबी गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्धारित समयमै महाधिवेशन गर्ने हो भने जम्मा ४८ दिन बाँकी छ ।
तर पूर्वनिर्धारित समयमै महाधिवेशन हुनेमा रास्वपका शीर्ष नेताहरू नै विश्वस्त देखिएका छैनन् । असोज २ गते काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाले वैशाख (२५–२७) सम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । सभापति रवि लामिछानेले नै मिति प्रस्ताव गरेका थिए ।
९. मूल्यवृद्धि
सिमेन्टको मूल्य बढेपछि हौसिएका फलामे छड उद्योगीले पाँचौँ पटक मूल्य बढाउने तयारी गरेका छन् । निर्माण व्यवसायीका अनुसार उद्योगीले छडको मूल्य यसै सातामा मात्र तीन पटक बढाइसकेका छन् ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले उद्योगीले कार्टेलिङ गरेर छडको मूल्य वृद्धि गरी प्रतिकिलो ९० रुपैयाँ पुर्याएको गुनासो गरे । साथै एक साताभित्र तीन पटक मूल्य बढाइएको उनको भनाइ छ ।
१०. भन्सारको रिपोर्ट
नेपालमा चालु आर्थिक वर्षको आठ महिनामा ४२ अर्ब रुपैयाँको अन्न भित्रिएको छ । भन्सार विभागका अनुसार चामल, धान, गहुँ, मकै लगायत अन्न भित्रिएका हुन् । चालु आबमा मकै १२ अर्ब ८९ करोड रुपैयाँको २ लाख ४५ हजार मेट्रिक टन भित्रिएको छ ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक दुर्घटनाका विविध पक्षहरूको मनोवैज्ञानिक प्रतिबद्धता
-
सम्झौताको १० महिनापछि पुल निर्माण सुरु
-
२४ घण्टाका लागि किन बन्द भयो लन्डनको हिथ्रो विमानस्थल ?
-
उपत्यकाका १३ पानीपोखरीमा अत्याधुनिक प्रणालीमार्फत आपूर्तिको प्रबन्ध
-
वसन्तपुर स्थित नेपाल संस्कृत विश्व विद्यालयले प्रयोग गर्दै आएको जीर्ण भवन भत्काइयो
-
कान्द्रा नदीमा तटबन्ध निर्माण