रुस र अमेरिकाले सोमबार साउदी अरबमा वार्ता गर्ने

मस्को । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले बिहीबार युक्रेनका बारेमा रसिया–अमेरिकाको अर्को चरणको वार्ता साउदी अरबको रियादमा हुने बताएका छन् ।
उशाकोभले रुसी प्रतिनिधिमण्डलको नेतृत्व रुसको माथिल्लो सदनमा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी समितिका अध्यक्ष ग्रिगोरी कारासिन र रुसको संघीय सुरक्षा सेवाका प्रमुखका सल्लाहकार सर्गेई बेसेडाले गर्ने बताए ।
उशाकोभले बुधबार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जसँग फोनमा कुराकानी भएको जानकारी दिए । कुराकानीको क्रममा उनीहरूले विज्ञ समूहहरूको बैठक आयोजना गर्ने विषयमा छलफल गरेका थिए, जसको मुख्य उद्देश्य ब्ल्याक सी इनिसिएटिभको सम्भावित कार्यान्वयनका सम्भावनाहरू खोज्नु थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्ल्याक सी नेभिगेसनको सुरक्षा सम्बन्धी सम्झौताको विशेष विवरणमा थप काम गर्न वार्ता सुरु गर्न सहमत हुनुभएको क्रेमलिनले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
-
अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय
-
तरबुजा खेती गरेरै जीविका चलाउँदै दुई सय परिवार
-
शिक्षक आन्दोलन जारी, प्रहरी धरपकडको विरोध
-
संविधान संशोधनलाई गम्भीर रूपमा लिइएन भने यो ‘पेन्डोराज् बक्स’ हुन सक्छ : प्रचण्ड
-
मौरी पालेर वार्षिक आठ लाखभन्दा बढी आम्दानी