शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय

पाटन अस्पतालबाट भागेका थुनुवा कञ्चनपुरबाट पक्राउ

बिहीबार, ०७ चैत २०८१, २१ : २१
बिहीबार, ०७ चैत २०८१

काठमाडौं । ललितपुरको पाटन अस्पतालबाट भागेका थुनुवालाई प्रहरीले कञ्चनपुरबाट पक्राउ परेका छ । बलात्कार मुद्दामा थुनामा रहेका दीपक साउद बुधवार दिउँसो पाटन अस्पतालबाट भागेका थिए । 

अछाम घर भएका १९ वर्षीय साउदलाई कञ्चनपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । 

प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका साउदलाई ज्वरो आएपछि प्रहरीले चेकजाँच गर्न पाटन अस्पताल लगेको थियो । ‘शौचालय जान्छु’ भनेपछि प्रहरी कर्मचारीले हत्कडी खोलेर पठाउँदा उनि भाग्न सफल भएका थिए । 

ललितपुरको महालक्ष्मी नगरपालिका स्थित बोझेपोखरीमा अछाम घर भएका १७ वर्षीया किशोरीसँग उनि लिभिङ टुगेदरमा बस्दै आएका छन् । उनिहरुबाट एक महिनाअघि छोरी जन्मिएपछि किशोरीले जाहेरी दिएको प्रहरीले बताएको छ । साउद १७ दिनदेखी प्रहरी हिरासतमा थिए । उनलाई कञ्चनपुरबाट काठमाडौं ल्याइँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?