शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय

अमेरिकाको टेक्सासमा डढेलो, ५०० हेक्टर वन क्षेत्र नष्ट

बिहीबार, ०७ चैत २०८१, २० : ३९
बिहीबार, ०७ चैत २०८१

अस्टन (टेक्सास) । टेक्सासको सान ज्याकिन्टो काउन्टीमा लागेको डढेलोले बुधबार साँझसम्म कम्तीमा ५०० हेक्टर वन क्षेत्र जलेको अधिकारीहरूले जनाएका छन् ।

एबीसी न्यूजका अनुसार, स्थानीय समय अनुसार बेलुका ८ः१६ बजे डढेलो १० प्रतिशत नियन्त्रणमा आएको थियो । धेरै संरचनाहरू प्रभावित भएको र  १५ जनालाई सुरक्षित स्थानमा सारिएको थियो ।

टेक्सास ए एन्ड एम फरेस्ट सर्भिस, टेक्सासको वन हितहरू प्रबन्ध गर्ने एजेन्सीले अग्नि नियन्त्रकहरूले कन्टेन्ट लाइन स्थापना गरिरहेको जनाएको छ । हेलिकप्टरहरूले साम ह्युस्टन राष्ट्रिय वनमा पानी खसालेका थिए ।

राष्ट्रिय वन ह्युस्टन, टेक्सासको सबैभन्दा ठूलो शहरबाट करिब एक घण्टाको दूरीमा छ । यसअघि बुधबार, राष्ट्रिय मौसम सेवाले ह्युस्टनको पश्चिमका काउन्टीहरूका लागि चेतावनीमा जारी गरेको थियोऽ जसले जगलको डढेलोको उच्च जोखिमलाई सङ्केत गर्छ । एजेन्सी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?