'उद्योगको लोडसेडिङ एक महिनामा समाधान हुन्छ, १२ घण्टा भयो भनेर हल्ला फिँजाए'

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरूमा लोडसेडिङ हुने समस्या एक महिनाभित्रै समाधान हुने बताएका छन् ।
भारतबाट १२ घण्टा मात्रै विद्युत् आयात भएकाले अहिले उद्योगहरूमा धेरै समस्या देखिएकाले चाँडै समस्या समाधान हुने उनले बताए ।
केही दिनदेखि देशभर लोडसेडिङ हुने हल्ला फैल्याए पनि कुनै पनि हालतमा लोडसेडिङ नहुने उनले जिकिर गरे । लोडसेडिङ अहिले पनि नभएको र अब पनि नहुने अवस्था नभएको उनले दाबी गरे । ‘लोडसेडिङ भएको छैन, हुँदा पनि हुँदैन । हाम्रा सबै पावरप्लान्टहरू राति चल्छन् । भारतबाट दिउँसो बिजुली आयात गर्न दिएकै छ, दिउँसो आउँछ । त्यसकारण लोडसेडिङ हुँदैन । सबैजना लोडसेडिङ नहुनेमा ढुक्क हुन आग्रह छ ।’
उनका अनुसार एक हजार मेगावाट बढीका आयोजना राति पूर्ण क्षमतामा चल्ने भएकाले पनि लोडसेडिङ नहुने अवस्था छ । यस्तो खालको समस्या बढीमा डेढ महिना मात्रै रहने उनले जानकारी दिए ।
उनका अनुसार नेपालमा पिक टाइममा करिब १८/१९ सय मेगावाट बिजुलीको माग भएअनुसार प्राधिकरणले आवश्यक व्यवस्थापन मिलाउँदै आएको छ ।
उनले केही उद्योगमा पिक टाइममा कटौती भएको बताए । घरायसी ग्राहकलाई लोडसेडिङ हुन नदिन केही समय उद्योगमा विद्युत् कटौती भएको भने उनले स्वीकारे ।
६ बजेपछिका लागि पनि भारतसँग विद्युत् आयात माग गरिरहेको उनले बताए । एक दुई घण्टा विद्युत् कटौती हुँदा पनि उद्योगहरूले १२ घण्टा लोडसेडिङ भएको भनेर हल्ला गरेका उनले आरोप लगाए ।
उद्योगमा लोडसेडिङबारे कुलमान घिसिङः
ट्रकलाइन र डेडिकेटेड लाइनको वक्यौता नतिर्ने उद्योगहरूको पहिलो प्राथमिकतामा कटौती गर्दै जान्छौँ । त्यसले पनि नपुगेको अवस्थामा अरुमा पनि कटौती गर्दै जानुपर्छ । तर यो समस्या भारतसँग राति पनि विद्युत् बिट गर्न दिनको लागि आग्रह गरिएको छ । भारतले दियो भने रातको समयमा विद्युत् कटौती हुने अवस्था आउँदैन । दिउँसो सबै उद्योगलाई विद्युत् दिएका छौँ ।
अहिलेको समस्या भनेको छोटो समयको समस्या हो । एक महिनादेखि डेढ महिनाको समय मात्रै हो । वैशाख १५ गतेबाट नेपालभित्रै विद्युत् उत्पादन बढ्दै जान्छ । जेठ महिनामा प्राधिकरणले निर्यात नै गर्नुपर्छ । उत्पादन बढी हुन्छ । डेढ महिनाका लागि बढी हल्ला गर्नुपर्ने अवस्था होइन । गत वर्ष पनि उद्योगहरूलाई विद्युत् नपुग्दा उद्योगहरूलाई केही व्यवस्थापन गर्न भनेकै हो ।
लोड एकैनास बस्दैन । हरेक दिन लोड बढेको बढेकै छ । चारदेखि पाँच गुणा लोड बढेको छ । विद्युत् सप्लाई पनि बढेको छ । म्याच गर्नको लागि प्राधिकरणले व्यवस्थापन गरेको हुन्छ । अलिकति सप्लाई पुगेन भने त्यो किसिमको व्यवस्थापन गर्नुपर्छ । प्राधिकरणले विस्तारै व्यवस्थापन गर्छौँ । त्यसमा समस्या हुँदैन ।
उद्योगीहरूलाई दिउँसो सबै विद्युत् दिएका छौँ । सकेसम्म दिइरहेका छौँ । २४ घण्टा कुनै पनि उद्योगहरू चल्दैनन् । वर्षायाममा २४ घण्टा विद्युत् दिँदा पनि १२ घण्टा उद्योग चलाउँदैनन् । जुन वेला एक घण्टा विद्युत् भएन भने हल्ला गर्नुहुन्छ, त्यो पनि राम्रो भएन । प्राधिकरणले २४ घण्टा विद्युत् दिएका हुन्छौँ ।
उद्योग चलाउनु हुँदैन । विद्युत त्यतिकै खेरा फाल्नुपर्ने हुन्छ । जुन वेला एकदेखि दुई घण्टा लोडसेडिङ हुँदा १२ घण्टा भनेर हल्ला गर्ने काम पनि भएन । विद्युत् सप्लाईको अवस्था कस्तो हो भन्ने कुरा सबैलाई थाहा छ । बोलेर मात्रै राम्रो हुँदैन । प्राधिकरणले व्यवस्थापन गर्दै जाने हो । केही समय समस्या हुँदैन । विस्तारै समाधान हुँदै जान्छ । जुन उद्योगको हकमा हो । अरू उपभोक्ताहरूको हकमा कहीँ पनि केही हुँदैन । लोडसेडिङ हुँदैन । विद्युत् उत्पादन बढ्दै जान्छ । समस्या पनि समाधान हुँदै जान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘माई सेकेन्ड टिचर नेपाल’ बन्यो नेपाल सुपर लिग क्लब धनगढी एफएसीको मुख्य प्रायोजक
-
मन्त्री र कुलमानबिच जुँगाको लडाइँले निजी क्षेत्रको बिजोग
-
खरबुजा खाएलगत्तै खानु हुन्न यी चिजहरू
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
लागुऔषधले बिगारेको जिन्दगी सुधार्ने प्रयास
-
योगी आदित्यनाथसँग मुख्यमन्त्री सिंहको भेटवार्ता, मन्त्रीहरू अनभिज्ञ