बीपी कोइराला अस्पतालकी लेखा अधिकृत घुस प्रकरणमा दोषी ठहर, एक वर्ष ६ महिना जेल
बिहीबार, ०७ चैत २०८१, १९ : ०५

काठमाडौँ । बीपी कोइराला मेमोरियल अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस प्रकरणमा दोषी ठहर भएकी छन् ।
विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले उनलाई दोषी ठहर गर्दै एक वर्ष ६ महिना कैद र ६ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।
कोइरालाले अस्पतालको औषधि आपूर्तिकर्ता एप्लस मेडिकोलाई दिनुपर्ने रकमको भुक्तानीको निकासाका लागि सञ्चालक नन्दलाल पोखरेलसँग घुस मागेको प्रमाणित भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले डिजिटल फरेन्सिक परीक्षण गरी अडियो तथा भिडियो सामग्रीहरू सुरक्षित रहेको निष्कर्ष निकालेको थियो ।
कोइरालाको रातो रङको भेस्पा स्कुटरमा एक लाख ५० हजार र नारायणी डेभलपमेन्ट बैंकबाट रु ४ लाख ५० हजारको चेक कारोबार गरिएको भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
भोलेनाथको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, दिराम, दिनार र रियालको भाउ ?
-
एम्बाप्पे विनाको खेलमा रियाल विजयी, भाल्भर्डले उभ्याए उपाधि दौडमा
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई
-
संरक्षणको पर्खाइमा सेकुङ ताल