रास्वपा केन्द्रीय कार्यालयमा कर्मचारी माग, अनुभव नचाहिने
बिहीबार, ०७ चैत २०८१, १९ : ०८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक जना कर्मचारी माग गरेको छ।
पार्टी कार्यालयलका लागि एक जना फ्रन्ट डेस्क सहायक माग गरिएको रास्वपाले बिहीबार साँझ सामाजिक सञ्जालमा एक सूचना जारी गरी जनाएको छ
सूचनामा जनाइएअनुसार उक्त पदका लागि अनुभव भने चाहिने छैन । साथै सञ्चारसम्बन्धी राम्रो ज्ञान भएको, टाइपिङ राम्रो भएको, माइक्रोसफ्ट वर्ड, एक्सेल, इमेल इन्टरनेट तथा सोसल मिडिया चलाउन सक्ने कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ ।
सकारात्मक सोच भएको, जनसम्पर्क राम्रो भएको, कामको चाप सहन सक्ने क्षमता भएको र समूहमा काम गर्न सक्ने आवदेकले सूचना जारी भएको सात दिनभित्र आवेदन दिन भनिएको छ। आवेदन पार्टीको केन्द्रीय कार्यालय चःमति १६ काठमाडौँमा पठाउन सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण
-
आज विभिन्न पाँच अन्तरराष्ट्रिय दिवस मनाइँदै
-
‘माई सेकेन्ड टिचर नेपाल’ बन्यो नेपाल सुपर लिग क्लब धनगढी एफएसीको मुख्य प्रायोजक
-
मन्त्री र कुलमानबिच जुँगाको लडाइँले निजी क्षेत्रको बिजोग
-
खरबुजा खाएलगत्तै खानु हुन्न यी चिजहरू
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य