चना पकाउँदा सिठ्ठी लागेन, हल्लाउँदा कुकर पड्किएर घाइते
बिहीबार, ०७ चैत २०८१, १८ : १४

काठमाडौँ । काठमाडौँको महाबौद्धमा कुकर पड्किँदा एक जना घाइते भएका छन् ।
हिजो (बुधबार) बिहान साढे सात बजे काठमाडौँ महानगरपालिका २७ स्थित लक्ष्मीनारायण भवनमा सञ्चालित खाजा घरमा कुकर पड्किँदा सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भई हाल काठमाडौँ २७ बस्ने खाजापसल सञ्चालक ३४ वर्षीय ज्ञान बहादुर श्रेष्ठ घाइते भएका हुन् ।
बुधबार बिहान श्रेष्ठले खाजाघरमा चना उसिन्ने क्रममा सिट्ठी नलागेपछि कुकर हल्लाएका थिए। त्यस क्रममा कुकर पड्किएको थियो।
घाइते उनलाई तत्काल उपचारका लागि उनका भाइ जितमानले वीर ट्रमा सेन्टर लगेका थिए । उनको दाहिने खुट्टा फ्याक्चर भएको र बाँया हातमा चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
लागुऔषधले बिगारेको जिन्दगी सुधार्ने प्रयास
-
योगी आदित्यनाथसँग मुख्यमन्त्री सिंहको भेटवार्ता, मन्त्रीहरू अनभिज्ञ
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बेलायती प्रधानमन्त्रीले भने-युक्रेन सम्झौताको बचाउ नगरे पुटिनले बर्वाद पार्छन्
-
आर्थिक सुधारसँग जोडिएका तीन विधेयक पारितसँगै लगानीको वातावरण सृजना हुने सरकारको विश्वास