कस्तो भयो पहिलो दिनको एसइई ?

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ७९ केन्द्रहरूमार्फत पाँच लाख १४ हजार विद्यार्थीले परीक्षा दिन थालेका हुन् । नेपाल बाहिर जापानमा रहेको एउटा केन्द्रमार्फत आज पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले छिटपुट केही घटनाबाहेक समग्रमा शान्तिपूर्ण रूपमा पहिलो दिनको परीक्षा सम्पन्न भएको बताए । समग्रमा एकदमै राम्रो रहेको प्रतिक्रिया दिए । केही परीक्षा केन्द्रहरूमा प्रश्न पत्र आउट भएको विषय, प्रश्न पत्र ढिला पुगेको विषय, चिट चोरेको विषय, परीक्षा हलभित्र मोबाइल फोन लगेको विषय आएको उनको भनाइ छ ।
रौतहटबाट परीक्षा हलमा लगिएका ७६ वटा मोबाइल फोन जफत गरिएको छ । त्यस्तै सिराहामा एक जना निरीक्षकलाई निष्कासन गरिएको उनको भनाइ छ ।
सिराहामा परीक्षा सुरु भएको २० मिनेटमा नै प्रश्न पत्र बाहिरिएको थियो । लहान नगरपालिका १९ सोनमती गाढास्थित जनता बनवाली माध्यमिक विद्यालय वर्छवा, कल्याणपुर परीक्षा केन्द्रबाट प्रश्न पत्र बाहिरिएको थियो । निजी विद्यालयहरूको सेटिङमा केन्द्राध्यक्ष र प्रहरी प्रशासनको सहयोगमा मोबाइल प्रयोग गरी प्रश्न पत्र बाहिरिएको हो ।
जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भने एसइई परीक्षा मर्यादित बनाउन ५० जना डेडिकेटेड मानिसहरू खटाएका बताए । ‘पात समेत हल्लिन दिइएको छैन। प्रश्न पत्र कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान हुँदैछ । कहाँबाट प्रश्न पत्र बाहिरिएको पत्ता लागे कारबाही हुन्छ’ उनले भने ।
परीक्षा मर्यादित बनाउन यस वर्ष परीक्षा केन्द्रहरूमा मोबाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाइएको छ ।
त्यस्तै जुम्लामा समेत एक परीक्षा केन्द्रमा निर्धारित समयभन्दा केही ढिला प्रश्न पत्र बाँडिएको थियो । ग्रेड वृद्धिका लागि नयाँ र पुराना परीक्षार्थी एउटै ठाउँमा राखिँदा पुराना तर्फका विद्यार्थी केही ढिलागरी प्रश्न पत्र बाँडिएको शर्माले बताए ।
आज देखिएका कमीकमजोरीलाई सुधार गर्दै भोलिको परीक्षालाई थप व्यवस्थित गरिने उनको भनाइ छ । त्यसका लागि जिल्लास्थित परीक्षा समन्वय समिति इकाइ प्रमुखहरू लगायतसँग छलफल गरेर आगामी दिनमा आजको कमजोरीबारे सचेत रहन आग्रह गरिएको अध्यक्ष शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योगी आदित्यनाथसँग मुख्यमन्त्री सिंहको भेटवार्ता, मन्त्रीहरू अनभिज्ञ
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बेलायती प्रधानमन्त्रीले भने-युक्रेन सम्झौताको बचाउ नगरे पुटिनले बर्वाद पार्छन्
-
आर्थिक सुधारसँग जोडिएका तीन विधेयक पारितसँगै लगानीको वातावरण सृजना हुने सरकारको विश्वास
-
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
डा. युवराज संग्रौलामाथिको छानविनमा नयाँ ट्विष्ट, महिला अधिकारवादीहरु फायर