वर्तमान सरकार सुशासन कायम गर्न असफलः कांग्रेस नेता डा. कोइराला
बिहीबार, ०७ चैत २०८१, १७ : ५७

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार असफल भएको बताएका छन् ।
गिरिजाप्रसाद कोइरालाको १५औं स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले कांग्रेस–एमाले मिलेर बनेको सरकारले सुशासन कायम गर्न नसकेको बताएका हुन् । कांग्रेस सत्तापक्षमा रहेपनि सरकारलाई खवरदारी गर्नुपर्ने उल्लेख गर्दै अहिलेको परिदृश्य हेर्दा देशको अवस्था भयावह रहेको कोइरालाले बताए ।
कांग्रेस ठूलो पार्टी भएपनि कहिले एमाले र कहिले माओवादीको पक्षमा लागेको भन्दै अव त्यसो गर्न नहुने बरु कांग्रेसकै नेतृत्वमा सबै दललाई मिलाएर अघिबढ्नु पर्नेमा जोड दिए । कार्यक्रममा सहभागीहरुले मुलुकको परिवर्तनमा गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिकाको स्मरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमणपछि हमासले गर्यो जवाफी कारबाही
-
भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण
-
आज विभिन्न पाँच अन्तरराष्ट्रिय दिवस मनाइँदै
-
‘माई सेकेन्ड टिचर नेपाल’ बन्यो नेपाल सुपर लिग क्लब धनगढी एफएसीको मुख्य प्रायोजक
-
मन्त्री र कुलमानबिच जुँगाको लडाइँले निजी क्षेत्रको बिजोग
-
खरबुजा खाएलगत्तै खानु हुन्न यी चिजहरू