सिराहामा गुडिरहेको स्कोरपिओमा आगलागी
बिहीबार, ०७ चैत २०८१, १७ : ४५

सिराहा । सिराहाको मिर्चैया गुडिरहेको स्कोरपिओमा आगलागी भएको छ। पूर्वसिश्चम महेन्द्र राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिका ५ संस्था चौकमा गुडिरहेको बा.१३ च १३२९ नम्वरको स्कारपिओमा बिहीबार एक्कासि आगलागी भएको हो।
पूर्वबाट पश्चिमतर्फ गइरहेको सो गाडीका अघिल्लो भागमा आगो लागेको इलाका प्रहरी कार्यालयले मिर्चैयाले जानकारी दिए।
चालकले ब्याट्री सर्ट भएर आगो लागेको भने पनि आगो लाग्नुको कारण अझै खुली नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए। उनले भने, ‘ड्राइभरले ब्याट्री सर्ट भएर आगो लागेको हुनसक्ने बताए पनि आगलागीबारे यकिन हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।’
आगो स्थानीय र मिर्चैया नगरपालिकाको दमकलले तत्काल नियन्त्रणमा लिएको छ। आगलागीबाट गाडीको अघिल्लो भागमा क्षति पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बेलायती प्रधानमन्त्रीले भने-युक्रेन सम्झौताको बचाउ नगरे पुटिनले बर्वाद पार्छन्
-
आर्थिक सुधारसँग जोडिएका तीन विधेयक पारितसँगै लगानीको वातावरण सृजना हुने सरकारको विश्वास
-
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
डा. युवराज संग्रौलामाथिको छानविनमा नयाँ ट्विष्ट, महिला अधिकारवादीहरु फायर
-
आज महालक्ष्मीको बार कसलाई कति लाभ ? हेरौं राशिफल