दिवङ्गत नेता गिरिजाप्रसाद कोइरालालाई प्रचण्डले यसरी सम्झिए

काठमाडौँ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूतपूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दिएको सुझाव कहिल्यै नबिर्सने बताएका छन् । कोइरालाको १५ औँ स्मृति दिवसको अवसरमा बिहीबार श्रद्धाञ्जली व्यक्त गर्दै उनले त्यसका लागि अन्तिम समयसम्म लड्ने प्रतिबद्धता जनाए ।
‘नेपालको शान्ति सम्झौताका हस्ताक्षरकर्ता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका एक प्रमुख नेता दिवङ्गत गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धा एवं सम्मान प्रकट गर्दछु’, सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘उहाँले आफ्नो जीवनको अन्तिम घडीमा शान्ति, संविधान र देशको रक्षाका लागि म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन। त्यसका लागि अन्तिम समयसम्म लड्ने प्रतिबद्धतासहित उहाँप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु।’
तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका कोइरालाको २०६७ सालमा निधन भएको थियो । २०६३ साल मङ्सिर ५ गते बृहत् शान्ति सम्झौतामा विद्रोही माओवादीबाट प्रचण्ड र नेपाल सरकारको तर्फबाट कोइरालाले हस्ताक्षर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : गिल र बट्लरको विस्फोटक ब्याटिङ, राजस्थानसामु २ सय १० रनको लक्ष्य
-
रेशम र सिके वैशाख १९ गते नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने
-
शाखा अधिकृत हित संरक्षण अभियानद्वारा राज्यव्यवस्था समिति सभापतिलाई तीन बुँदे ज्ञापन
-
चार सय वर्ष पुरानो सिवालय ओझेलमा
-
सातै प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटमा सर्वोच्चले मगायो ६ वर्षअघिको सरकारको निर्णय
-
सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने