शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय

आठ महिनामा भित्रियो ४२ अर्बको अन्न, तरकारी र तेल कति ?

बिहीबार, ०७ चैत २०८१, १७ : ३५
बिहीबार, ०७ चैत २०८१

काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको आठ महिनामा ४२ अर्ब रुपैयाँको अन्न भित्रिएको छ । भन्सार विभागका अनुसार चामल, धान, गहुँ, मकै लगायत अन्न भित्रिएका हुन् । चालु आबमा मकै १२ अर्ब ८९ करोड रुपैयाँको २ लाख ४५ हजार मेट्रिक टन भित्रिएको छ ।

यो मकै अर्जेन्टिना, भारत, ब्राजिल, बङ्गलादेश लगायत मुलुकबाट आयात भएको हो । मकैको हाराहारीमा चामल पनि भित्रिएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार नेपालमा वार्षिक रूपमा ९ लाख हेक्टर क्षेत्रफलमा २९ लाख मेट्रिक टन मकै उत्पादन हुँदै आएको छ ।

आठ महिनामा भारत, चीन, थाइल्यान्ड, जापान लगायत विभिन्न मुलुकबाट १२ अर्ब ३२ करोड ८१ लाख ११ हजार रुपैयाँ बराबरको चामल भित्रिएको छ । १ लाख ५४ हजार मेट चामल आयात भएको विभागको तथ्याङ्क छ ।

नेपालले आठ महिनामा मात्रै ५९ मेट्रिक टन धान स्वउत्पादन गरेको छ । तर चालु आवको आठ महिनामा ४ लाख ३६ हजार मेट्रिक टन धान नेपालले आयात गरेको छ । यो धान भित्र्याउँदा १६ अर्ब ७१ करोड ५२ लाख रुपैयाँ खर्च भएको छ । सो धान नेपालले चीन, भारत र फिलिपिन्सबाट  मात्रै भित्र्याएको हो । 

यस्तै, नेपालले गहुँ पनि आयात गर्दै आएको छ । नेपालमा वार्षिक देशभर ७ लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा गहुँ खेती गरिन्छ । सोबाट बर्सेनि करिब २१ लाख मेट्रिक टनभन्दा बढी गहुँ उत्पादन हुन्छ । तर अपुग हुने भन्दै गहुँ आयात गरिन्छ । चालु आवमा ६ हजार ०५८ मेट गहुँ आयात गरिएको छ । सो गहुँ ल्याउँदा २९ करोड १८ लाख १४ हजार रुपैयाँ खर्च भएको छ । 

चालु आवमा नेपालले खाद्यान्नमा ४२ अर्ब ९० करोड ६२ लाख ०४ हजार रुपैयाँ व्यापार घाटा बेहोरेको छ । खाद्यान्नको कारोबारबाट राज्यले भन्सार राजस्व ३ अर्ब ८३ करोड ९२ लाख ५६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । नेपालमा भारत, चीन लगायत विभिन्न मुलुकबाट खाद्यान्न आउने गरेका छन् ।

नेपालमा काउली, ब्रो काउली, आलु, टमाटर, प्याज, लसुन लगायतका विभिन्न तरकारी भित्रिने गरेका छन् । चालु आवमा यस्ता तरकारी ४ लाख ९५ हजार ९४५ मेट तरकारी आयात भएको छ । त्यसका लागि २८ अर्ब ६४ करोड ६६ लाख ५१ हजार रुपैयाँ खर्च भएको छ । राज्यले ५ अर्ब ५८ करोड ९८ लाख ०६ हजार राजस्व सङ्कलन गरेको छ । यी तरकारी बढी मात्रामा भारत र चीनबाट आयत हुन्छन् भने अन्य मुलुकबाट आयात भइरहेको विभागको तथ्याङ्क छ । 

यस्तै, यो आर्थिक वर्षमा तेल, तेलजन्य पदार्थ तथा तेल जन्य विभिन्न बालीजन्य वस्तु पनि आयात भएको छ । विभागको तथ्याङ्कमा ५४ करोड ४७ लाख ६८ हजार ९१६ लिटर तेल आयात भएको छ । यो तेल आयात गर्दा नेपालले ८१ अर्ब २६ करोड ४९ लाख १९ हजार रुपैयाँ खर्च गरेको छ । यस्तै, १ करोड ९९ लाख १६ हजार ६९० मेट तेलजन्य बाली आयात भएको छ ।

सो वापत् २ अर्ब ६५ करोड ५९ लाख ७९ हजार रुपैयाँ खर्च भएको छ । नेपालले आठ महिनामा ८३ अर्ब ९२ करोड ०८ लाख ९१ हजार रुपैयाँको तेल, तेलजन्य पदार्थ तथा तेल जन्य विभिन्न बालीजन्य वस्तु आयात गरेको भन्सार विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?