शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय

खल्तीमा बोकेको मोबाइल पड्किँदा अण्डकोष नै फुट्यो

बिहीबार, ०७ चैत २०८१, १७ : ०४
बिहीबार, ०७ चैत २०८१

काठमाडौँ । अचेल सबैजसोले मोबाइल प्रयोग गर्दछन् । अधिकांश पुरुषले खल्तीमा मोबाइल बोकेर हिँड्ने गर्दछन् । कहिलेकाहीँ आफ्नै खल्तीमा रहेको मोबाइलले पनि ठुलो दुर्घटना निम्त्याउन सक्छ भन्ने उदाहरण हालै भारतको मध्य प्रदेश राज्यको राजगढ जिल्लामा भएको घटनालाई लिन सकिन्छ ।

सारंगपुर निवासी १९ वर्षीय अरविन्द सडक किनारमा पानीपुरी बेच्ने गर्दथे । मंगलबार तरकारी किनेर गाउँमा फर्किंदै गर्दा बाटोमै उनको मोबाइल पड्कियो । मोटरसाइकलमा सवार उनी मोबाइल विस्फोट भएपछि अनियन्त्रित भएर लडे ।

गम्भीर घाइते अवस्थामा उनलाई उद्धार गरी स्थानीयले सारंगपुरस्थित अस्पताल पुर्‍याए । प्राथमिक उपचारपछि उनलाई शाजापुरमा रेफर गरियो । उनको अण्डकोष फुट्नका साथै मोटरसाइकलबाट लडेर टाउकोमा चोटसमेत लागेको छ ।

अरविन्दकै दाजुका अनुसार अरविन्दले हालै एउटा पुरानो मोबाइल किनेका थिए । रातभर मोबाइल चार्ज गरेका उनले बिहानै तरकारी किन्न जाँदा मोबाइल खल्तीमा बोकेका थिए । तरकारी किनेर फर्किने बेला अचानक मोबाइल पड्किएर दुर्घटना भएको उनका दाजुको भनाइ छ ।

अरविन्दको उपचारमा संलग्न चिकित्सक डा. नयन नागरका अनुसार अण्डकोष फुटे पनि कुनै गम्भीर खतरा देखिएको छैन । प्राथमिक उपचारपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको डा. नागरले बताए ।

विशेषज्ञका अनुसार मोबाइल पुरानो भएसँगै ब्याट्रीको क्षमता पनि घट्छ । यस्तो अवस्थामा कतिपयले ब्याटी फेर्दा सस्तो खोज्ने र नक्कली कम्पनीको उत्पादन प्रयोग गर्ने गर्दछन्, जसले गर्दा यस्ता दुर्घटना निम्तिन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?