एसइईमा चिट चोराउने रौतहटका २ जना पक्राउ
बिहीबार, ०७ चैत २०८१, १६ : ५६

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लामा जारी एसइई परीक्षामा चिट चोराउने र सहयोग गर्ने २ जना व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक दीपककुमार रायका अनुसार रौतहटको यमुनामाई माध्यामिक विद्यालय परीक्षा केन्द्रमा परीक्षार्थीबाट रकम लिएर परीक्षा केन्द्रमा मोबाइल प्रवेश गराउने परीक्षा नियन्त्रक र लक्ष्मिनिया मावि मौलापुरमा चिट पुर्याउने एक जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको नाम भने प्रहरीले गोप्य राखेको छ । पक्राउ परेकाहरूलाई अदालतबाट अनुमति लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
एसइईको पहिलो दिन मधेस प्रदेशका रौतहट, धनुषा लगायतका जिल्लामा परीक्षाको मर्यादा भङ्ग भएका भिडियो र तस्बिरहरू नै सार्वजनिक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्ष-२०८२ को अवसरमा राजा ज्ञानेन्द्र शाहद्वारा व्यक्त शुभकामना सन्देशको पूर्णपाठ
-
सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु
-
निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाइ
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त
-
एमआरपी मूल्य उल्लेख नगरी वस्तु बिक्री गर्ने पसललाई दुई लाख जरिवाना
-
मौसमको चुनौती उछिन्दै गोकर्णेश्वरमा गुञ्जियो नेपथ्य