शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय

आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव काठमाडौँमा सुरू

बिहीबार, ०७ चैत २०८१, १६ : ५१
बिहीबार, ०७ चैत २०८१

काठमाडौँ । आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारबाट सुरू भएको  छ । ‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उद्घाटन गरे ।

कार्यक्रमका दाहालले निफको सफलताको शुभकामना ब्यक्त गर्दै यतिधेरै चलचित्रहरू नेपालमा एकसाथ प्रदर्शन हुनु राम्रो पक्ष भएको बताए । उनले विश्वको चलचित्रको बजारमा प्रतिस्पर्धा गर्न राष्ट्रिय तथा  अन्तराष्ट्रिय दर्शकहरूबिचलाई भित्र्याउन आवश्यक रहेको धारणाा राखे । 

‘नेपालको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यतालाई अन्तराष्ट्रिय दर्शक माझ प्रस्तुत गर्न आवश्यक रहेको बताए ।’ उनले विगत ८ वर्षदेखि अन्तराष्ट्रिय चलचित्रलाई नेपाली पर्दामा प्रस्तुत गर्दै आउनु निफको विशिष्टता रहेको समेत बताए । उनले भने, ‘निफले आफ्नो विशिष्टता, ऐतिहासिकता र महत्त्वपूर्ण यस महोत्सवमा प्रस्तुत गर्नु महत्त्वपूर्ण कुरा हो ।’ 

उनले चलचित्र उद्योगका लागि विश्वचलचित्र कर्मी र चलचित्रसँग सम्बन्धित पक्षलाई एकै ठाउँमा ल्याउन यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।  नेपालका लागि पाकिस्तान एम्बेस्टर अव्रार हास्मीले नेपालले प्रदान गर्ने चलचित्र र सांस्कृतिक सब्यता र विविधता पाकिस्तानीहरूको लागि मात्र नभएर विश्वका सबै ब्यक्तिको लागि नेपाल आउन प्रेरणको श्रोत बन्न सक्ने बताए । 

उनले सांस्कृतिक आदानप्रदान र उजागर गर्न पाकिस्तानी र नेपाली फिल्म  निर्माता, कलाकारले लगायतले सहकार्य गर्न आवश्यक रहेको औँल्याए  । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले नेपाली चलचित्रलाई विश्वका दर्शकहरूलाई जोड्ने माध्यम निफ भएको बताए । पर्यटन र चलचित्र क्षेत्र एकापसमा अन्तरसम्बन्धले नेपालमा विदेशी पर्यटकहरू भित्र्याउन मद्दत हुने उनको धारणाा  थियो ।

बागमती प्रदेशको रजिस्ट्रार रेवती सापकोटाले बागमती प्रदेशले नेपाली चलचित्र क्षेत्रमा एक महत्त्व अवसरहरू खोजिरहेको बताए ।  महोत्सव अन्तरगत नै आगामी शनिवार आयोजना हुने उक्त फिल्म डे मा रसियाको तीनवटा चलचित्र प्रदर्शन गरिनेछ । यसपटक महोत्सवमा ३ वटा अडियन्स च्वाइस अवार्ड र एआई अवार्ड थप पनि गरिएको छ । अडियन्स च्वाइस अवार्डको लागि चैत्र ७ गते देखि ११ गते दिनको ४ बजे सम्म खल्ती एप बाट भोटिङ गर्न सकिने ब्यवस्था गरिएको छ ।

समारोहको पहिलो दिन मिनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ प्रदर्शन आज प्रदर्शन भएको छ ।  ‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छानिएको छ । 

महोत्सवमा देखाइने चलचित्रहरू बुसान, कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् ।  महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ । सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको बागमती अवार्ड प्रदान गरिने जनाइएको छ ।

एआई चलचित्रलाई पाँच सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी प्रदान गरिनेछ । महोत्सवको अन्तिम दिन अर्थात चैत्र ११ गते ४ बजे संचार तथा सुचना प्रबिधीमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख अतिथ्यमा अवार्ड बितरण गर्दै महोत्सबको समापन गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?