शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय

डेभलपमन्ट बैँकर्स एसोसिएसन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ दोहोरिए

बिहीबार, ०७ चैत २०८१, १६ : ३४
बिहीबार, ०७ चैत २०८१

काठमाडौँ । विकास बैङ्कहरूको छाता संस्था डेभलपमेण्ट बैँकर्स एसोसिएसन नेपाल (डिबान) को अध्यक्षमा सुयोग श्रेष्ठ पुनः निर्वाचित भएका छन् । बिहीबार पोखरामा आयोजना गरिएको एसाेसिएसनको १९ औँ वार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । श्रेष्ठ साङ्ग्रिला डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत हुन् । 

समितिमा उपाध्यक्षमा कामना सेवा विकास बैङ्क लिमिटेडका सीईओ दिनेश थकाली, सचिवमा गरिमा विकास बैङ्कको सीईओ माधव प्रसाद उपाध्याय तथा कोषाध्यक्षमा ज्योति विकास बैङ्कका सीईओ कपिल ढकाल निर्वाचित भएका छन् । 

त्यस्तै कार्यसमिति सदस्यहरूमा लुम्बिनी विकास बैङ्कका नरेशसिंह बोहरा, साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कका प्रकाश पौडेल, महालक्ष्मी विकास बैङ्कका दीपेश लम्साल, ग्रिन डेभलपमेन्ट बैङ्कका हरिबहादुर बुढाथोकी र सप्तकोसी डेभलपमेन्ट बैङ्कका दिनेश पोखरेल चयन भएका छन् । 

साधारण सभाले आव २०८०÷८१ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, चालु आवको अनुमानित आय व्यय र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । कार्यक्रममा अध्यक्ष श्रेष्ठले नयाँ कार्यकालमा विकास बैङ्कको हकहितका लागि कार्य गर्ने प्रतिबद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?