आठ महिनामा ६२ अर्बको सवारी साधन आयात

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा ६२ अर्ब २७ रुपैयाँ बराबरको सवारी साधन आयात भएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार यो अवधिमा सबै प्रकारका गाडी समेत गरी सो बराबरको आयात भएको हो । उक्त सवारी साधन आयातबाट मात्रै सरकारले ४८ अर्ब रुपैयाँ भन्सार राजश्व सङ्कलन गरेको छ ।
यसमध्ये २ अर्ब ११ करोड रुपैयाँ बराबरको ट्याक्टर, ६ अर्ब ९ करोड रुपैयाँ बराबरको बस मिनिबस, कार जिप भ्यान, ५ अर्ब ९४ करोड, अन्य सवारी साधन १६ अर्ब ६४ करोड रुपैयाँ बराबरको इलेक्ट्रिक सवारी साधन, ३ अर्ब ७४ करोड रुपैयाँ बराबरको ट्रक तथा अन्य निर्माण सम्बद्ध सवारी साधन, ७ अर्ब ४८ करोड रुपैयाँ बराबरको पार्टपुर्जा, १६ अर्ब ११ करोड रुपैयाँ बराबरका मोटरसाइकल, १ अर्ब २२ करोडको साइकल तथा २ अर्ब ९० करोड बराबरको अन्य गुडाउने खालका वस्तुको आयात भएका छन् ।
यो अवधिमा सरकारले ट्याक्टर आयातबाट २६ करोड ६७ लाख रुपैयाँ, बस मिनिबस, कार जिप भ्यान लगायतमा २ अर्ब २३ करोड, अन्य सवारी साधन ११ अर्ब ३६ करोड, इलेक्ट्रिक सवारी साधनमा १० अर्ब २२ करोड, ट्रक तथा अन्य निर्माण सम्बद्ध सवारी साधनमा ३ अर्ब ७६ करोड, पार्टपुर्जा आयातमा २ अर्ब ९५ करोड, मोटरसाइकलमा १६ अर्ब १ करोड, साइकलमा २४ करोड ३० लाख र अन्य गुडाउने खालका वस्तुबाट ९८ करोड ३० लाख रुपैयाँ आयात भएका छन् ।
यो अवधिमा कुल ७ हजार ८९ वटा इलेक्ट्रिक सवारी साधन आयात भएका छन् । यसमध्ये एसेम्बल नगरिएका ५० किलोवाटसम्मका सवारी साधन ९ वटा, ५० किलोवाटसम्मका इलेक्ट्रिक २५३१ वटा, ५१ देखि १०० किलोवाटसम्मको सवारी साधन ३८७९ वटा, १०१ तथा २०० किलोवाटसम्मका ६५४ वटा, २०१ देखि ३०० किलोवाटसम्मको १४ वटा र त्योभन्दा बढी क्षमताका २ वटा सवारी साधन आयात भएको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धार्थनगर देशभरकै उत्कृष्ट पालिका
-
उद्योगमन्त्री दामोदर भण्डारी र मोल्डोभाका परराष्ट्रमन्त्रीबीच भेटर्वार्ता
-
त्रिवि क्रिकेट मैदान निरीक्षण गर्न प्रधानमन्त्री सचिवालयको टोली राति पुग्यो कीर्तिपुर
-
१२ बजे, १२ समाचार : पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार विजयीदेखि महायज्ञका नाममा दलित परिवारलाई धाकधम्कीसम्म
-
पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार भूपी विजयी
-
पूर्वराष्ट्रपतिबाट पाँच जना सम्मानित