शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय

धादिङको नीलकण्ठ क्याम्पसको स्ववियु कार्यालयमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको तालाबन्दी

बिहीबार, ०७ चैत २०८१, १६ : १७
बिहीबार, ०७ चैत २०८१

धादिङ । धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसमा स्ववियुको कार्यालयमा तालाबन्दी गरिएको छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीले स्ववियु कार्यालयमा तालाबन्दी गरेका हुन् । विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम स्वीकार्य नहुने, क्याम्पस प्रशासन कुनै सङ्गठन वा पार्टीको स्वार्थमा चल्न नहुने र २०७९ सालको स्ववियु कार्यसमिति स्वतः विघटन भइसकेको अवस्थामा प्रशासनले त्यसलाई मान्यता दिन नहुने माग राख्दै तालाबन्दी गरेका हुन् । 

स्ववियु निर्वाचन निर्देशिका २०८१ ले २०७९ सालको स्ववियुको कार्यकाल चैत ४ गतेदेखि स्वतः सकिने उल्लेख छ । तर, कलेज प्रशासनले पुरानै स्ववियुलाई ब्युँताउने काम भएको भन्दै आपत्ति जनाएका हुन् ।  क्याम्पस प्रशासनले बेवास्ता गर्दै पुरानै समितिलाई मान्यता दिनेगरी संगठनको काम कारबाही अगाडि बढाएको अखिल क्रान्तिकारी धादिङका अध्यक्ष श्रीकृष्ण रिजालले बताए । 

निर्वाचनको कुनै पनि प्रक्रिया अगाडि नबढाएको तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउनुपर्ने माग अघि सारिएको अध्यक्ष रिजालले बताए । 

विद्यार्थीहरूको आवाज दबाउने प्रयास गरिएमा थप सशक्त सङ्घर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिए । दुवै सङ्गठनहरूले विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासनको लापरबाही र नियोजित चलखेलका कारण तोकिएको समयमा निर्वाचन हुन नसकेको आरोप लगाएका छन् । 

कुनै सङ्गठन वा दल विशेषको प्रभावमा प्रशासन सञ्चालन हुनु अत्यन्तै निन्दनीय भएको उनीहरूको भनाइ छ । स्ववियु कार्यकक्षमा गरिएको तालाबन्दी माग पूरा नभएसम्म कुनै पनि हालतमा निर्वाचन प्रक्रियामा सहभागी नहुने समेत जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?