शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय
स्ववियु निर्वाचन

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन कार्यक्रम स्थगित

बिहीबार, ०७ चैत २०८१, १६ : ०३
बिहीबार, ०७ चैत २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । स्ववियु निर्वाचन समितिले एक सूचना जारी गर्दै स्ववियु निर्वाचनको कार्यक्रम स्थगित भएको जनाएको हो । 

स्ववियु निर्वाचनको विषयमा उच्च अदालत पाटनमा मुद्दा परेको छ । उक्त मुद्दामाथि अन्तरिम आदेश दिने वा नदिने विषयमा आजका लागी पेशी तोकिएको थियो । अदालतले सात गतेका लागि पेसी तोकेको थियो ।

उक्त पेसीबारे त्रिविलाई जानकारी दिनु भनी आदेश समेत दिएको थियो । आज अदालतमा उपस्थित हुँदा अन्य विपक्षीको नाममा म्याद तामेल नभएकाले अन्तरिम आदेशका लागि १० गते तोकिएको छ ।

अन्तरिम आदेशको छलफलको टुङ्गो नलागेसम्म निर्वाचनको कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृत प्राडा कृष्णप्रसाद न्यौपानेले जारी गरेको सूचनामा उल्लेख छ ।

tu

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?