अन्तरिक्षमा महिनौं फसेका सुनिता र बुचले कति पाउँछन् क्षतिपूर्ति ?

वासिङटन । अमेरिकी अन्तरिक्षयात्रीहरू सुनिता विलियम्स र बुच विलमोर २ सय ८६ दिनपछि मंगलबार धर्तिमा फर्किए ।
जम्मा आठ दिनका लागि भनेर गएका उनीहरू अन्तरराष्ट्रिय स्पेश स्टेशन (आईएसएस)मा २ सय ७८ दिन बढी बस्नुपर्यो । यतिका दिन अन्तरिक्षमा अलपत्र परेका उनीहरूले क्षतिपूर्ति बापत टन्नै पैसा कमाउँछन् होला ? भनेर तपाई सोच्दै हुनुहुन्छ भने तपाई पूर्णतः गलत हुनुहुन्छ । यिनीहरूले पाउने क्षतिपूर्ति रकम सुनेर तपाईले जिब्रो भने पक्कै टोक्नु हुनेछ ।
सुनिता र बुचलाई बोकेको स्पेशएक्सको क्रु ड्र्यागन क्याप्शल मंगलबार बिहान फ्लोरिडाको तटमा अवतरित भयो । यस यानमा आईएसएसबाट सुनिता र बुचको साथमा नासाको क्रु–९ मिशनका अन्य सदस्यहरू निक हेग र अलेक्साडर गोर्बुनोभ पनि आएका थिए । गएको वर्ष सुनिता र बुचलाई बोकेर गएको बोइङको स्टारलाइनरमा प्रोपल्सनमा समस्या देखिएपछि सो यान रित्तै फर्कियो ।
आईएसएसमा उनीहरूको बसाई अरु ६ महीना थपियो । अन्तरिक्षमा आकस्मिक रुपमा यतिका दिन बस्नु परेकोमा नासाले सुनिता र बुचलाई क्षतिपूर्ति दिने अपेक्षा गरिएको छ । नासाको पूर्व अन्तरिक्षयात्री क्याडी कोलम्यानले बताए अनुसार अन्तरिक्षयात्रीहरूले यस्ता आकस्मिक घटनाका लागि ओभरटाइम बिनाको न्यूनतम् तलब मात्रै पाउनेछन् ।
आईएसएसमा आफ्नो अप्रत्याशित रुपमा बढ्दा आफूले हरेक दिनको लागि ४ डलर मात्रै पाएको कोलम्यानले बताएकी थिइन् । २०१० देखि २०११ को बीचमा आफ्नो अन्तरिक्ष बसाई आकस्मिक तवरले १५९ दिनसम्म लम्बिँदा आफूले करीब ६३६ डलर पाएको उनले बताएकी छिन् । सुनिता र बुचको वार्षिक तलब १ लाख २५ हजार १३३ डलरदेखि १ लाख ६२ हजार ६७२ डलरको बीचमा रहेको छ । यसको अर्थ आफ्नो न्यूनतम् तलब बाहेक दुबैले १ हजार ११२ डलर पाउनेछन् ।
यस्ता आकस्मिक घटना हुँदा अन्तरिक्ष यात्रीले नियमित तलब मात्रै पाउने अनि ओभरटाइम नपाउने वाशिङटनियनले समाचारमा लेखेको छ । उनीहरूको आउजाउको खर्च, बसेको र खाएको खर्च चाँहि नासाले बेहोर्ने समाचारमा भनिएको छ ।
महँगीसँगको समायोजन गर्दा सुनिता र बुचले त्यतिबेला कोलम्यानले पाएको भन्दा बढी पैसा क्षतिपूर्ति पाउनछन् कि पाउँदैनन्, त्यो चाँहि स्पष्ट भएको छैन । १९६९ मा अपोलो ११ मिशनमा चन्द्रमामा गएको समयमा निल आर्मस्ट्रङ्गले २७ हजार ४०१ डलर पाएका थिए । यो उक्त मिशनमा जानेले पाएको सबैभन्दा धेरै रकम भएको बोष्टन हेराल्डले समाचारमा भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगमन्त्री दामोदर भण्डारी र मोल्डोभाका परराष्ट्रमन्त्रीबीच भेटर्वार्ता
-
त्रिवि क्रिकेट मैदान निरीक्षण गर्न प्रधानमन्त्री सचिवालयको टोली राति पुग्यो कीर्तिपुर
-
१२ बजे, १२ समाचार : पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार विजयीदेखि महायज्ञका नाममा दलित परिवारलाई धाकधम्कीसम्म
-
पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार भूपी विजयी
-
पूर्वराष्ट्रपतिबाट पाँच जना सम्मानित
-
सिद्धार्थनगर मुलुककै उत्कृष्ट पालिका