शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय

पश्चिम नवलपरासीबाट हुण्डीको १२ लाखसहित दुई जना पक्राउ

बिहीबार, ०७ चैत २०८१, १४ : २४
बिहीबार, ०७ चैत २०८१

काठमाडौँ । प्रहरीले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ स्थित बाईपासबाट अवैध हुण्डीको रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका–२ घर भएका २२ वर्षीय सुख सागर यादव, प्रतापपुर गाउँपालिका–८ घर भएका ३९ वर्षीय शिवेन्द्र प्रसाद बनियाँ छन् । 

उनीहरुको साथबाट जनहरी ६ लाखको दरले १२ लाख नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका इन्स्पेक्टर नारायण थापाले रातोपाटीलाई बताए । उनीहरु भारतिय भोटरसाइकलमा सवार थिए । आरोपीहरु बिरुद्ध प्रहरीले हुण्डी कारोबार सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?