एकीकृत समाजवादी रुपन्देही जिल्ला अधिवेशनको तयारी पूरा
_CpZg7udepm.jpg)
बुटवल । नेकपा (एकीकृत समाजवादी) रुपन्देही जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । पार्टी जिल्ला कमिटीले आज बुटवलमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पूरा भएको जनाएको हो ।
पार्टीले यही चैत ९ र १० गते जिल्ला अधिवेशन गर्न लागेको छ । २०७८ साल भदौ ९ गते तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी स्थापना भएको नेकपा एसले गत असारमा सम्पन्न राष्ट्रिय महाधिवेशनले पारित गरेको नीति कार्यक्रम र विधान अनुसार जिल्ला अधिवेशनको तयारीमा जुटेको उक्त पार्टीले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेकपा एसका पोलिटब्युरो सदस्य तथा रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडेले महाधिवेशनको कार्यदिशा, कार्यक्रम, सङ्गठनात्मक सिद्धान्त र विधान अनुसार अधिवेशनमा होमिएको बताए । उनले रुपन्देहीमा जिल्लाको नेतृत्वमा आउन चाहनेहरू प्रतिनिधि अनिवार्य हुनुपर्ने प्रावधानलाई कार्यान्वयन गरिएको बताए । रुपन्देही जिल्लाका ५ वटा निर्वाचन क्षेत्रहरूबाट प्रतिनिधिहरू छनौट गर्ने काम सम्पन्न गरिएको छ ।
अधिवेशन प्रतिनिधिहरूको छनौट गर्दा दलित तर्फ १० जन बराबर १, खुल्ला तर्फ २० जना बराबर १ र सबै क्लस्टरमा एक तिहाइ महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाहरूको सहभागिताको सिद्धान्त अपनाइएको छ । जिल्लाका कार्यवाहक अध्यक्ष श्रीराम यादवले विधान अनुसार सङ्घीय निर्वाचन क्षेत्र नं. १ बाट जम्मा ४६ जना, २ बाट ४३ जना, ३ बाट २१, ४ बाट ११ २५ बाट ७ जना गरी जम्मा १२८ जना जिल्ला अधिवेशन प्रतिनिधिहरू रहेको बताए ।
विधान बमोजिम जम्मा प्रतिनिधिको १० प्रतिशतले हुने १३ जना प्रतिनिधिहरू जिल्ला कमिटीले मनोनीत गरी दसौँ अधिवेशनमा सहभागी प्रतिनिधिहरूको जम्मा सङ्ख्या १४१ जना बनाइने जनाइएको छ ।
अधिवेशनको चैत ९ गते उद्घाटन र १० गते बन्द सत्र हुनेछ । बुटवल–१३ स्थित साइनो पार्टी प्यालेसमा हुने अधिवेशनको उद्घाटनमा पार्टी अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरूलाई निमन्त्रण गरिएको उपसचिव टंक पोख्रेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगमन्त्री दामोदर भण्डारी र मोल्डोभाका परराष्ट्रमन्त्रीबीच भेटर्वार्ता
-
त्रिवि क्रिकेट मैदान निरीक्षण गर्न प्रधानमन्त्री सचिवालयको टोली राति पुग्यो कीर्तिपुर
-
१२ बजे, १२ समाचार : पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार विजयीदेखि महायज्ञका नाममा दलित परिवारलाई धाकधम्कीसम्म
-
पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार भूपी विजयी
-
पूर्वराष्ट्रपतिबाट पाँच जना सम्मानित
-
सिद्धार्थनगर मुलुककै उत्कृष्ट पालिका