एर्दोआनका प्रतिद्वन्द्वी समातिएपछि टर्कीमा विरोध प्रदर्शन सुरु

इस्तानबुल । अधिकारीहरूले इस्तानबुलका मेयरलाई समातेपछि टर्कीमा विरोध प्रदर्शन सुरु भएको छ । प्रदर्शनकारीहरूले सडक र विश्वविद्यालय क्याम्पस अनि भूमिगत स्टेशनहरूमा सरकार विरोधी नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।
कयौँ वर्षयता टर्कीमा सरकार विरोधी यस्तो क्रोध देखिएको थिएन । टर्कीको सबैभन्दा ठुलो सहरमा प्रहरी र प्रदर्शनकारीहरूबिच झडपको खबर आएको छ ।
राष्ट्रपतिको उम्मेदवार चयन भएको केही दिनमै रिपब्लिकन पिपल्स पार्टीका उम्मेदवार एक्रेम इमामोग्लुलाई पक्राउ गरिएको थियो । आसन्न निर्वाचनमा इमामोग्लुलाई राष्ट्रपति रेसेप तैयप एदोआनका सबैभन्दा बलियो राजनीतिक प्रतिद्वन्द्वीको रूपमा हेरिएको थियो । इमामोग्लुमाथि अभिआयोजकहरूले भ्रष्टाचार र आतङ्कवादी समूहलाई सहयोग गरेको आरोप लगाएका छन् ।
प्रहरीले छानबिनको क्रममा सयभन्दा धेरै अन्य राजनीतिज्ञ, पत्रकार र व्यवसायी समेत पक्राउ गरेको थियो । इस्तानबुलको गभर्नरको कार्यालयले सहरमा चार दिनको प्रतिबन्ध लागू गरेका छन् । प्रतिबन्धका कारण प्रदर्शनकारीहरूले इस्तानबुल बाहेक देशका अन्य स्थानमा प्रदर्शन चर्काएका छन् । इमामोग्लुको पक्राउलाई धेरैले भावी राष्ट्रपतिलाई कू गरेको रूपमा बुझेका छन् ।
जनताको इच्छा दबाउन नसकिने अनलाइनबाट इमामोग्लुले भनेका थिए । हालैका महिनामा विपक्षी दलका नेता, पत्रकार र मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरूलाई लक्षित गरेर टर्की सरकारले भ्रष्टाचार विरोधी कारबाही चर्को पारेको थियो । यसै क्रममा इमामोग्लु र अन्यलाई पक्राउ गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनलाई गम्भीर रूपमा लिइएन भने यो ‘पेन्डोराज् बक्स’ हुन सक्छ : प्रचण्ड
-
मौरी पालेर वार्षिक आठ लाखभन्दा बढी आम्दानी
-
सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै
-
पहलगाम हमला : नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
-
भुवनेश्वर कुमार बने आईपीएलमा दोस्रो सर्वाधिक विकेट लिने बलर
-
जेएनयू विद्यार्थी संघ चुनाव: अध्यक्ष सहित तीन पदमा वामपन्थी विजयी