शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय
संसद् बैठक

राजनीतिक नियुक्ति तथा सरुवा बढुवामा नातावाद कृपावाद हुन्छ भन्ने आरोप प्रधानमन्त्रीद्वारा अस्वीकार

बिहीबार, ०७ चैत २०८१, १३ : ५२
बिहीबार, ०७ चैत २०८१

काठमाडौँ । राजनीतिक नियुक्ति र कर्मचारी बढुवा र सरुवामा नातावाद र कृपावाद रहेको भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको प्रश्न प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । 

प्रतिनिधिसभामा चलिरहेको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति र कर्मचारीब बढुवा र सरुवामा नातावाद र कृपावाद भन्ने प्रश्न अस्वीकार गरेका हुन् ।

उनले वर्तमान सरकारले राजनीतिक नियुक्ति योग्य र सक्षम व्यक्ति खोजेर नियुक्त गरेको बताए । बढुवा पनि मेरिट बेसका आधारमा गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?