प्रचण्डको स्वास्थ्यमा समस्या भएकाले सम्पर्क हुन नसकेको जवाफ पाएँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम छिटोभन्दा छिटो टुङ्ग्याउन प्रयासरत रहेको भन्दै पीडितलाई न्याय दिने बारेमा सरकार गम्भीर रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद विमला सुवेदीले शान्ति प्रक्रिया र आयोग गठनबारे सोधेको प्रश्नमा प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् ।
त्यसक्रममा उनले अहिले पनि प्रमुख प्रतिपक्ष दलका नेतासँग छलफलका लागि पहल गरे पनि पछिल्लो समय प्रतिपक्ष दलका नेता प्रचण्ड अस्वस्थ भएकाले छलफल हुन नसकेको जनाए ।
‘शान्ति प्रक्रियाको बाँकी काम छिटो टुङ्ग्याउन सरकार प्रतिबद्ध छ’, प्रधानमन्त्रीले भने, ‘यसमा अहिले पनि म प्रयासरत छु । विपक्षी दलका नेतासँग सम्पर्क गर्न खोज्दा उहाँको स्वास्थ्यमा केही समस्या भएको हुनाले सम्पर्क हुन नसकेको भन्ने जवाफ पाएको छु । सम्पर्क हुने वित्तिकै काम अघि बढाइनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगमन्त्री दामोदर भण्डारी र मोल्डोभाका परराष्ट्रमन्त्रीबीच भेटर्वार्ता
-
त्रिवि क्रिकेट मैदान निरीक्षण गर्न प्रधानमन्त्री सचिवालयको टोली राति पुग्यो कीर्तिपुर
-
१२ बजे, १२ समाचार : पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार विजयीदेखि महायज्ञका नाममा दलित परिवारलाई धाकधम्कीसम्म
-
पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार भूपी विजयी
-
पूर्वराष्ट्रपतिबाट पाँच जना सम्मानित
-
सिद्धार्थनगर मुलुककै उत्कृष्ट पालिका