गाजामा इजरायलको ताजा हमलामा कम्तिमा ४० भन्दा धेरैको मृत्यु
बिहीबार, ०७ चैत २०८१, १३ : ३९

रफाह । बुधबार राति गाजापट्टीमा इजरायली हवाई आक्रमणमा ४० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । यी हवाई हमलाहरू इजरायलले दक्षिणी गाजाको खान युनिस र रफाह शहरहरू र उत्तरी गाजाको बेइत लाहिया शहरमा गरेको थियो ।
यसअघि मंगलबार इजरायलले गरेको आक्रमणमा ४०० भन्दा धेरैकोे मृत्यु भएको थियो ।
भङ्ग भयो युद्धविराम, फेरि सुरु भयो आक्रमण
इजरायलले मंगलबार गाजामा भारी हवाई आक्रमण गरेको थियो । त्यसपछि इजरायल र हमास बीचको युद्धविराम सकिएको छ । यो युद्धविराम केही समयका लागि लडाईं रोक्न र दुई दर्जन भन्दा बढी बन्धकहरूलाई रिहा गर्न मद्दत गर्न लागू गरिएको थियो ।
इजरायलले हमासलाई सम्झौता अस्वीकार गरेको आरोप लगाएको छ । मंगलबारको आक्रमणमा ४०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले बताएको थियो । मर्नेमा अधिकांश महिला र बालबालिका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध