‘आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशक भनेर घोषणा गरिएको छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशक भनेर घोषणा गरिएको जानकारी दिएका छन् । बिहीबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै प्रधानमन्त्रीले ओलीले रोजगार प्रवर्द्धनसँगै उद्यमशीलताको विकास पनि सरकारले ध्यान दिएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा नै रोजगारी प्राप्त गर्न सकिन्छ भन्ने विश्वास दिलाउन सरकारले वैचारिक हिसाबले मानिसलाई तयार गर्ने कुरा र व्यवहारिक कदमहरूद्वारा आश्वस्त पार्ने काम गर्दै आएको छ । यसका लागि विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिएको छ । ८ लाख सूचीकृत बेरोजगारले रोजगारी पाएका छन् । तर यो पर्याप्त भने होइन ।’
आन्तरिक रोजगारी सिर्जना गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्यले आन्तरिक रोजगार प्रवर्द्धन दशक भनेर घोषणा गरिएको छ । त्यसलाई उद्यमशीलताको विकास र रोजगारी प्रवर्द्धन भनेर राखेका छौँ । यसै गरी चीनसँगका १४ वटा सीमा खुलाउने सम्बन्धमा नेपाल र चीनबिच सन् २०१९ मा सम्झौतामा हस्ताक्षर भएको प्रधानमन्त्रीले जानकारी दिए । सोही अनुसार चीनसँग सीमा जोडिएका नेपाली नागरिकहरूलाई चीनमा आवागमन अनुमति पत्र उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको उनको भनाई छ ।
‘१४ नाकाभित्र उराई भन्ज्याङ नाका पनि रहेको छ । सो नाका खुलाउन सम्बन्धित निकायसँग कूटनीतिक तवरमा प्रयासहरू भइरहेका छन् । अलि उचाइमा भएकाले अस्ति हिउँ परेकाले आवागमन भएन कि ? नत्र यो खोल्न सम्बन्धमा कुराकानी भइसक्यो । प्राविधिक हिसाबले केही समस्या भएको होला,’ प्रधानमन्त्रीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीको राजीनामा र देउवा थाइल्याण्ड भ्रमणबारे बोले प्रधानमन्त्री
-
कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षक महासङ्घको अनुरोध
-
हिमालयन एभरेष्ट इन्स्योरेन्सले जित्यो, दोस्रो इन्स्योरेन्स कप फुट्सलको उपाधि
-
प्रदेश प्रमुख र मुख्यमन्त्रीविरुद्धको रिट हेर्न नभ्याइने
-
‘महाभोज’ टिजरमा पैसाले निम्त्याएकाे पारिवारिक र सामाजिक द्वन्द्व
-
पाकिस्तानमा भ्यान दुर्घटनाः १३ जनाको मृत्यु, २० भन्दा बढी घाइते