शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय

बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार

बिहीबार, ०७ चैत २०८१, १२ : ३५
बिहीबार, ०७ चैत २०८१

काठमाडौँ । बलात्कार मुद्दामा थुनामा रहेका एकजना आरोपी ललितपुरको पाटन अस्पतालबाट भागेका छन् । अछाम घर भएका १९ वर्षीय दीपक साउद बुधवार दिउँसो पाटन अस्पतालबाट भागेका हुन् ।

प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका साउदलाई ज्वरो आएपछि प्रहरीले चेकजाँच गर्न पाटन अस्पताल लगेको थियो । ‘शौचालय जान्छु’ भनेपछि प्रहरी कर्मचारीले हतकडी खोलेर पठाउँदा उनी भाग्न सफल भएका हुन् । उनको खोजी तीव्र पारिएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका स्थित बोझेपोखरीमा अछाम घर भएकी १७ वर्षीय किशोरीसँग उनी लिभिङ टुगेदरमा बस्दै आएका थिए । उनीहरूबाट एक महिनाअघि छोरी जन्मिएपछि किशोरीले जाहेरी दिएको प्रहरी अधिकृतहरू बताउँछन् । साउद १७ दिनदेखि प्रहरी हिरासतमा थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?