उस्मान ख्वाजामाथि चोटको बहाना बनाएर प्रतियोगिता छाडेको आरोप

काठमाडौँ । अस्ट्रेलियाका प्रभावशाली ब्याट्सम्यान उस्मान ख्वाजामाथि गम्भीर आरोप लगेको छ । उनीमाथि चोटको बहाना बनाएर महत्वपूर्ण प्रतियोगिता खेल्न नमानेको आरोप लगाइएको हो ।
आफू घाइते भएको बताएर उनले शेफिल्ड शिल्ड खेल्न मानेका थिएनन् । सोही अवधिमा उनी फर्मुला वन रेस हेर्न पुगेका थिए । स्वास्थ्य समस्याको बहाना बनाएर उनी खेल छाड्दै अन्य गतिविधिमा सक्रिय रहने गरेको आरोप क्विन्सल्यान्ड एलिट क्रिकेटका प्रमुख जो डेब्सले लगाएका हुन् ।
‘उस्मान ख्वाजालाई ह्यामस्ट्रिङको कुनै समस्या थिएन । उनले शेफिल्ड शिल्ड छाड्नु पर्ने पनि कुनै कारण थिएन । तर, उनले चोटको बहाना बनाएर प्रतियोगिता खेल्न मानेनन् । सिनियर खेलाडीले यस्तो गतिविधि गर्नु ठिक होइन,’ जो डेब्सले भनेका छन् ।
टोलीका चिकित्सकहरुले पनि उस्मान ख्वाजा पूर्णरुपमा स्वस्थ्य रहेको प्रतिवेदन आफूहरुलाई बुझाएको जानकारी डेब्सले दिए । ‘क्विन्सल्यान्डबाट खेल्न उनले किन बहाना बनाए, हामीलाई थाहा छैन । तर, उनी घाइते छैनन् भन्नेमा हामी विश्वस्त छौँ,’ ख्वाजामाथि आरोप लगाउँदै उनले भनेका छन् ।
केही समयअघि खेलिएको भारतविरुद्धको बोर्डर–गावस्कर शृंखलामा पनि उनले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । उक्त शृंखलाको १० पालीमा उनले केवल एक अर्धशतक बनाएका थिए । पाँच पालीमा त उनले दोहोरो अंकमा समेत रन बनाउन सकेका थिएनन् ।
तर, श्रीलंका भ्रमणका क्रममा भने ख्वाजाको प्रदर्शन उत्कृष्ट थियो । श्रीलंकाविरुद्धको टेस्ट शृंखलामा उनले दोहोरो शतक पनि प्रहार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक खोज्दै मितगाउँ पुगे पोखराका मेयर
-
एकता अधिवेशनका लागि जुट्यो एनआरएनए दक्षिण कोरिया
-
६ वर्षपछि पारित भयो कर्णालीको ‘दलित विधेयक’
-
पुलिस क्लबलको लगातार सातौँ जित, बागमती प्रदेशको केही लागेन
-
लुम्बिनी प्रदेशमाथि कर्णाली प्रदेशको रोमाञ्चक जित
-
सिरहामा दीपक मरिकको परिवारको उठीबास लगाउने घटनाले तात्यो प्रतिनिधिसभा