बिहीबार, ०७ चैत २०८१
ताजा लोकप्रिय

बर्दिबासका स्थानीयद्वारा रेल विभागमा धर्ना

बिहीबार, ०७ चैत २०८१, १२ : ०७
बिहीबार, ०७ चैत २०८१

काठमाडौँ । रेल्वे आयोजनाका मुआब्जा पीडित बर्दिबासका स्थानीयवासीले रेल विभागअगाडि धर्ना दिएका छन् । बर्दिबास भंगाहाको मुआब्जा वितरण गर्दा जनकपुर रेल्वे कार्यालयका प्रमुख विनोदकुमार ओझाले  नियम विपरीत मुआब्जा वितरण गरेको आरोप लगाउँदै  वर्दिवासको रेल्वे आयोजना पीडित सङ्घर्ष समितिले विभागमा धर्ना दिएको हो । 

बर्दिबासका स्थानीय नीरज अधिकारीले माग पुरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । उक्त समस्या समाधानका लागि रेल विभागका महानिर्देशक अजय मूललगायत विभागका कर्मचारीसँग छलफल भएको तर समस्या समाधान नभएको भन्दै उनीहरूले धर्ना थालेका हुन् ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?