बिहीबार, ०७ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

राजाले संविधानविपरीत काम गरे, कारबाही गर्नुपर्छ : खतिवडा

बिहीबार, ०७ चैत २०८१, १२ : ००
बिहीबार, ०७ चैत २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरीत काम गरेकाले कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले फागुन ६ गते प्रजातन्त्र दिवसका अवसरमा शुभकामनामा भिडियो सन्देश दिँदै पूर्व राजा शाहले शाही निशाना प्रयोग गरेको र श्री ५ को सरकार लेखेकाले कारबाही गर्न सरकारलाई निर्देशन दिन सभामुख देवराज घिमिरेलाई आग्रह गरेका हुन् । 

उनले २०६५ जेठ १६ गते शाही निशाना हटाए पनि अहिलेसम्म त्यो प्रयोग गरेर संविधान विपरीत काम गरेको बताए । खतिवडाले त्यो काम कसरी हुने अवस्था आयो भन्दै प्रश्न समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?