बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आह्वान
बिहीबार, ०७ चैत २०८१, ११ : ५०

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणका लागि तयारी गरिरहेको मन्त्रालयले सरोकारवाला सबैले सुझाव दिन सक्ने गरी संकलनको व्यवस्था मिलाएको जनाएको छ ।
मन्त्री प्रदीप पौडेलले बजेट तर्जुमा गर्दा सरोकार राख्ने सबै क्षेत्रबाट सुझाव संकलन गर्ने व्यवस्था गरिएको बताए । सोही अनुसार मन्त्रालयले वेबसाइटमा सूचना प्रकाशित गरी गुगल फर्ममार्फत सुझाव दिन सकिने व्यवस्था मिलाएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका स्वास्थ्य सम्बन्धी कार्यक्रममा सुझाव दिन चाहने सबैले सुझाव दिन सक्ने र प्राप्त सुझाव ग्रहण गर्ने व्यवस्था मिलाइएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्द्रागिरिको बलम्बुमा भेटियो नवजात शिशुको शव
-
ब्युटिसियन नेपाल–२०२५ को ताज सुष्मा दाहाललाई
-
एनआरएनए एकता महाधिवेशन : राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वान, ७ एजेन्डा तय
-
अमेरिकाको टेक्सासमा डढेलो, ५०० हेक्टर वन क्षेत्र नष्ट
-
अख्तियारमा परेको उजुरी मिलाइदिन्छु भन्दै पैसा माग्ने पोखरा महानगरका एक कर्मचारी पक्राउ
-
एसईईकाे पहिलाे दिन मधेश प्रदेशमा २ हजार १७१ जना अनुपस्थित, ७९ हजार ५६० ले दिए परीक्षा