युक्रेनको ऊर्जा केन्द्र अमेरिकाले चलाउने ट्रम्पको सङ्केत

वासिङ्टन डीसी । युक्रेनको ऊर्जा केन्द्रहरू अमेरिकाले चलाउन सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्केत गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेको एक दिनपछि ट्रम्पले बुधवार युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी गरेका थिए । एक घण्टा लामो उक्त फोन वार्तालाई ट्रम्पले निकै राम्रो भनेका छन् ।
यही वर्ष ट्रम्पको नेतृत्वमा दिगो शान्ति हासिल हुने विश्वास आफूले गरेको कुराकानीपछि जेलेन्स्कीले बताएका थिए । उता, ह्वाइट हाउसले युक्रेनको परमाणु ऊर्जा केन्द्रहरूमा सम्भावित अमेरिकी स्वामित्वबारे पनि छलफल भएको भनेको छ । तर जेलेन्स्कीले चाहिँ आफ्नो सबै परमाणु ऊर्जा केन्द्र नभएर रुसको कब्जामा रहेको जापोरिझझिया केन्द्रमा मात्रै यो कुरा लागू हुने बताए ।
गएको महिना जेलेन्स्की ह्वाइट हाउसमा आउँदाको तुलनामा पछिल्लो फोन वार्तामा जेलेन्स्कीप्रति ट्रम्पको रवैया ठिक विपरीत देखिएको छ । ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्प, जेलेन्स्की र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबिचको छलफल झगडामा परिणत भएको थियो ।
ओभल अफिसमा भएको उक्त चर्काचर्कीपछि ट्रम्प र जेलेन्स्की एक अर्कासँग बोलेको बुधवार पहिलो पटक थियो । ट्रम्पसँगको पछिल्लो कुराकानीमा जेलेन्स्कीले ऊर्जा पूर्वाधार, रेल र बन्दरगाहमा आक्रमण रोक्ने आंशिक युद्धविरामका लागि आफू खुला रहेको बताएका थिए । आंशिक युद्धविराम छिट्टै हुन सक्ने पनि उनले बताए । तर रुसले युद्धविरामको सर्तहरू उल्लङ्घन गर्यो भने आफ्नो देशले पनि प्रतिकार गर्न सक्ने जेलेन्स्कीले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्षपछि पारित भयो कर्णालीको ‘दलित विधेयक’
-
पुलिस क्लबलको लगातार सातौँ जित, बागमती प्रदेशको केही लागेन
-
लुम्बिनी प्रदेशमाथि कर्णाली प्रदेशको रोमाञ्चक जित
-
सिरहामा दीपक मरिकको परिवारको उठीबास लगाउने घटनाले तात्यो प्रतिनिधिसभा
-
गृहजिल्लाबाट डाक्टर शेखर कोइरालामाथि उठेका प्रश्न
-
आयोगले माग्यो राजनीतिक दलसम्बन्धी ऐन संशोधन मस्यौदा उपर सुझाव