सिराहामा एसइई सुरु भएको २० मिनेटमै अङ्ग्रेजी विषयको प्रश्नपत्र आउट

सिराहा । सिराहामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिनको परीक्षा सुरु भएको २० मिनेटमानै प्रश्नपत्र बाहिरिएको छ। जिल्लाको लहान नगरपालिका १९ सोनमती गाढास्थित जनता बनवाली माध्यमिक विद्यालय वर्छवा, कल्याणपुर परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको हो ।
निजी विद्यालयहरुको सेटिङमा केन्द्राध्यक्ष र प्रहरी प्रशासनको सहयोगमा मोबाइल प्रयोग गरी प्रश्नपत्र बाहिरिएको स्रोतले जनाएको छ।
यद्यपि जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भने एसइई परीक्षा मर्यादित बनाउन ५० जना डेडिकेटेड मानिसहरू खटाएका बताएका छन् । उनले भने, ‘पात समेत हल्लिन दिइएको छैन। प्रश्नपत्र कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान हुँदैछ। कहाँबाट प्रश्नपत्र बाहिरिएको पत्ता लागे कारबाही हुन्छ।’
परीक्षा मर्यादित बनाउन यसवर्ष परीक्षा केन्द्रहरूमा मोबाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाएता पनि प्रश्नपत्र आउट हुँदा प्रहरी प्रशासन र केन्द्राध्यक्षहरु कै सेटिङ रहेको पुष्टि गर्छ।
जिल्लामा ५० वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ। परीक्षामा १० हजार सात सय तीन जना विद्यार्थी सहभागी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक खोज्दै मितगाउँ पुगे पोखराका मेयर
-
एकता अधिवेशनका लागि जुट्यो एनआरएनए दक्षिण कोरिया
-
६ वर्षपछि पारित भयो कर्णालीको ‘दलित विधेयक’
-
पुलिस क्लबलको लगातार सातौँ जित, बागमती प्रदेशको केही लागेन
-
लुम्बिनी प्रदेशमाथि कर्णाली प्रदेशको रोमाञ्चक जित
-
सिरहामा दीपक मरिकको परिवारको उठीबास लगाउने घटनाले तात्यो प्रतिनिधिसभा