चार क्यानेडियाली नागरिकलाई चीनमा मृत्युदण्डको सजाय

बेइजिङ । लागूऔषध सम्बन्धी आरोपमा यस वर्षको सुरुमा चीनले चार क्यानेडियालीहरूलाई मृत्युदण्डको सजाय सुनाएको छ । क्यानेडाली अधिकारीहरूले यो खबरको पुष्टि गरेका छन् । सजाय पाउने सबैसँग दोहोरो नागरिकता थियो ।
उनीहरूको परिवारको अनुरोधमा उनीहरूको पहिचान गोप्य राखिएको क्यानडाका विदेशमन्त्री मेलानी जोलीले बुधबार पत्रकारहरूलाई बताएकी छिन् । विदेशमन्त्रीले यसलाई आधारभूत मानवीय मर्यादाको अपमानको रूपमा निन्दा गरेकी छन् ।
उनले व्यक्तिगत रूपमा दयाको लागि अपिल पनि गरेकी छिन् । खबरहरूका अनुसार क्यानडास्थित चिनियाँ दूतावासका प्रवक्ताले क्यानाडाली नागरिकहरूले गरेका अपराधहरूको प्रमाण ठोस र पर्याप्त रहेको बताएका छन् । साथै उनले क्यानडालाई गैरजिम्मेवार टिप्पणी गर्न बन्द गर्न आग्रह पनि गरेका छन् ।
चीनले सम्बन्धित क्यानेडियाली नागरिकहरूको अधिकार र हितको पूर्ण ग्यारेन्टी गरेको चिनियाँ दूतावासले बताएको छ । चिनियाँ प्रवक्ताले क्यानडा सरकारलाई चीनको न्यायिक सार्वभौमसत्ताको सम्मान गर्न आग्रह पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभापति सहकारी काण्डमा फस्दा रास्वपा महाधिवेशन अनिश्चित
-
चन्द्रागिरिको बलम्बुमा भेटियो नवजात शिशुको शव
-
ब्युटिसियन नेपाल–२०२५ को ताज सुष्मा दाहाललाई
-
एनआरएनए एकता महाधिवेशन : राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वान, ७ एजेन्डा तय
-
अमेरिकाको टेक्सासमा डढेलो, ५०० हेक्टर वन क्षेत्र नष्ट
-
अख्तियारमा परेको उजुरी मिलाइदिन्छु भन्दै पैसा माग्ने पोखरा महानगरका एक कर्मचारी पक्राउ