बिहीबार, ०७ चैत २०८१
ताजा लोकप्रिय

माल्दोभाका उपप्रधानमन्त्री नेपालमा, प्रधानमन्त्री ओलीसँग भेटवार्ता

बिहीबार, ०७ चैत २०८१, ११ : ००
बिहीबार, ०७ चैत २०८१

काठमाडौँ ।  माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइ नेपाल आएका छन् । सोही क्रममा उनले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । 

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

उनीहरुबीच जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यपारिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले हिमालदेखि समुुद्रसम्मको सुरक्षालाई केन्द्रमा राखेर जलवायु परिवर्तनका मुद्धामा नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा सगरमाथा संवाद कार्यक्रम गर्न लागेको र त्यसमा सहभागिताका लागि आग्रह समेत गरेको सचिवालयको भनाइ छ । 

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायत सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?