बिहीबार, ०७ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

किन बन्द भयो ‘सक्किगोनि’ ?

बिहीबार, ०७ चैत २०८१, १० : ५९
बिहीबार, ०७ चैत २०८१

काठमाडौँ । चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ को तेस्रो सिजन बन्द भएको छ । एजेन्सी एड लिभसँग १०४ भाग निर्माण सर्त भएको सिरियल समय अगाडि नै बन्द भएको हो । 

चौथो सिजन अझ परिष्कृत रूपमा ल्याउने गरेर यो सिजन टुङ्ग्याएको सिरियलका लेखक तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले बताए । तेस्रो सिजनबाट धेरै सिक्ने अवसर मिलेको र चौथो सिजनलाई अझ परिष्कृत बनाउने उनको धारणा छ । 

‘सक्किगोनि’ पछिल्लो समयको लोकप्रिय सिरियल हो । ग्रामीण परिवेशका कथाहरूलाई हास्यव्यङ्ग्य शैलीमा प्रस्तुत गर्दै आएको छ ।  जेपीटी क्रिएसनले निर्माण गरेको ‘सक्किगोनि’ बन्द भएपनि यही टिमको कथानक फिल्म ‘लाज शरणम्’ अहिले हलमा प्रदर्शनरत छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?