महायज्ञ गर्न उठीबास गराइएको डोम परिवारलाई धाकधम्की

सिरहा । सिरहाको औरही गाउँपालिका–५ स्थित विष्णु महायज्ञ गर्न घर भत्काएर उठीबास लगाएको दलित (डोम) परिवारमाथि अर्को ज्यादती भएको छ ।
महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलिप यादवले जेसीबी लगाएर दिपक मरिक (डोम)को घर भत्काएर उठीबास गराएको समाचार प्रकाशित भएपछि पीडित परिवारलाई धाकधम्की दिन थालिएको छ ।
बुधबार पीडित दिपककी श्रीमती अनिता मरिकले आफूहरू बस्दै आएको घर भत्काएर अन्यत्र सर्न लगाइएको बताएकी थिइन् । मरिक परिवार वर्षौंदेखि बस्दै आएको सो स्थानमा भने महायज्ञको तयारी गरिएको छ ।
यो समाचार रातोपाटीमा प्रकाशन भएपछि पीडित परिवारलाई गाउँपालिका अध्यक्ष शिवजी र जनमतका नेता दिलिपका समर्थकले धाकधम्की दिन थालेका छन् ।
पीडित अनिता मरिकलाई महायज्ञ स्थलमा रहेको एउटा घरमा थुनेर ‘म आफैँ यहाँबाट अन्यत्र गएको’ भन्न लगाइएको छ । उनले बोली फेरेको भिडियोसमेत बनाएर घटनालाई मोड्ने प्रयास भएको छ ।
गाउँपालिका अध्यक्ष र जनमतका नेताको निर्देशनमा पीडित अनितालाई धाकधम्की दिँदै सत्यतथ्य लुकाउने प्रयास गरिएको स्थानीय बताउँछन् ।
एक प्रत्यक्षदर्शीका अनुसार पीडित दिपक र उनकी श्रीमती गाउँपालिकामै सरसफाइको काम गर्छन् । जागिरबाट हटाउने र गाउँबाट निकाला गर्ने धम्की दिएपछि अनिता ‘म आफैँ यहाँबाट गएको’ भन्न विवश भएकी छन् ।
यसैबिच सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले घटनाबारे बुझ्न दुवै पक्षलाई बोलाइएको बताएका छन् । घटनाबारे आफूले जानकारी पाएको र वास्तविकता बुझ्न दुवै पक्षलाई छलफलमा बोलाइएको उनले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ