बिहीबार, ०७ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल शिक्षक महासङ्घले सुरु गर्‍यो रिले अनसन

बिहीबार, ०७ चैत २०८१, १० : ४७
बिहीबार, ०७ चैत २०८१

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन अन्तर्गत रिले अनसन सुरु गरेको छ । सरकारले महासङ्घसँग सहमति कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले महासङ्घले रिले अनसन सुरु गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आज बिहान ८ बजेदेखि सुरु गरिएको अनसन बेलुका ६ बजेसम्म रहने महासङ्घले जनाएको छ । 

आज पहिलो दिन महासङ्घका सहअध्यक्ष एवम् आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीको नेतृत्वमा १५ जना महिला शिक्षक–कर्मचारी अनशनमा बसेका छन् । हरेक दिन अनशन बिहान ८ बजेबाट सुरु भई बेलुका ६ बजेसम्म चल्ने महासङ्घले जनाएको छ । 

रिले अनसन चैत १५ गते सम्म चल्नेछ । त्यसपछि चैत २० गतेदेखि काठमाडौँ केन्द्रित शिक्षक कर्मचारीको आन्दोलन हुनेछ । 

महासङ्घले यसअघि विभिन्न राजनीतिक दलको केन्द्रीय कार्यालयमा भर्ना दिएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?